2026 April 23/ 01:28: 14pm

पनौती/एतिहासकि धार्मिक तथा पुरातात्विक नगर पनौती नगरपालिकाको गोरखनाथ मन्दिरमा ९ फिटको गणेशको मुर्ति राखिएको छ । 
गोरखनाथ मन्दिर परिसमा विगतका वर्षहरुमा श्रीमद् भागवत सप्ताह लगाई उक्त महायज्ञबाट संकलित रकमबाट उक्त पञ्चधातु द्वारा निर्मित गणेशको मुर्ति राखिएको मुर्ति निर्माण समितिका अध्यक्ष रामकुमार बस्नेतले बताउनु भयो । उक्त मुर्ति स्थापना गर्नका लागी पनौती नगरपालिका, संघीय बागमती प्रहरी गुल्म तथा पनौती प्रहरी चौकी, विभिन्न संघ संस्थाहरुले सहयोग गरेको धार्मिक पत्रकार विकुनारायण ताम्राकारले बताउनु भयो ।