2026 April 23/ 01:28: 43pm

पाँचखाल/पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० आंै वार्षिक साधारण सभा संथाका अध्यक्ष भोलानाथ दंगालको अध्यक्षतामा सम्पन्न भएको छ । 
सभामा अध्यक्ष दंगालले सहकारी बहुउद्देश्यीय अनुसार नै सञ्चालन भएको बताउनु भयो । सदस्यहरुको आवश्यकतालाई ध्यान दिई कृषि र उत्पादन क्षेत्रमा लगानी गरेको बताउनु भयो । सभामा संस्थाको आर्थिक बर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सचिव केदार लुईटेल र आर्थिक प्रतिवेदन दिलबहादुर श्रेष्ठले तथा लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक तारानाथ बोलखेले सभामा प्रस्तुत गर्नु भएको छ । संस्थाको कुल शेयर पुंजी ८९ लाख जगेडा कोष ८ लाख ६२ हजार ९ सय बचत हिसाब २ करोड २९ लाख ३ हजार ८ सय २२ रहेको जनाएको छ । साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शेयर सदस्यहरु, सञ्चालक लगायतको सहभागिता रहेको प्रमुख ब्यबस्थापक बुद्धिकृष्ण बोलखेले जानकारी दिनुभयो ।