उद्धब प्रसाद अधिकारी/दोलालघाट
दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको २६ औ बार्षिक साधारण गत शनिबार दोलाघाटमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा विभिन्न संघ संस्था र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अध्यक्ष श्रेष्ठले लगानी सहितको विकास पर्यटन क्षेत्रमा विषेष जोड दिने बताउनु भयो । कोरोनाले पर्यटन क्षेत्रमा पु¥याएको क्षतिका कारण पर्यटन क्षेत्र माथी उठ्न सकेको छैन श्रेष्ठले भन्नुभयो, दोलालघाट क्षेत्रको सामाजिक आर्थिक र पर्यटकीय विकासमा क्लब निरन्तर लाग्ने बताउनु भयो । साधारण सभाको बन्द सत्रले पुनः अष्ट बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ, जसको उपाध्यक्षमा बुद्धमान लामा, सचिव विशाल श्रेष्ठ कोषाध्यक्ष सुन्दर श्रेष्ठ सह–सचिब कृष्णकाजी श्रेष्ठ, सदस्यहरुमा जाल बहादुर श्रेष्ठ, अच्युत नारायण श्रेष्ठ, सुमन खरेल, सुजन श्रेष्ठ, भरत प्रसाद पराजुली, शिव श्रेष्ठ रहनु भएको छ । त्यसैगरी लेखा समिति संयोजकमा दिलिप श्रेष्ठ सदस्यमा सत्यनारायण श्रेष्ठ र विकास लामा रहनु भएको छ ।





