2026 April 23/ 01:28: 14pm

बनेपा/जनवरी महिनालाई विश्वभरी पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । उक्त अवसरमा क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि.ले रोट्याक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल साइन्स, रोटरी क्लब अफ धुलिखेल, आरसीसी पिपलचौर, सामुदायिक सेवा केन्द्र (ऋक्ऋ), लायन्स क्लब अफ काभ्रे शंखुको सहयोगमा पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना मुलक कार्यक्रम ूएच्इव्भ्ऋत् ऋभ्च्ख्क्ष्ख्ब्ीू को आयोजना गरेको छ । 
कार्यक्रम काभ्रेको शंखु स्वास्थ्य चौकीमा गरिएको थियो । कार्यक्रमको प्रमुख उद्देश्य विश्वव्यापी क्यान्सरको खोप, स्क्रीनिंग र उपचारको बारेमा जागरूकता फैलाउन ध्ज्इ द्वारा निर्धारित मानिसहरूलाई सचेत गराउनु रहेको बताइएको थियो । कार्यक्रममा सामान्य स्वास्थ्य जाँच, दन्त जाँच, जनचेतना कार्यक्रम, स्यानेटरी प्याड प्रदर्शन, स्यानिटरी प्याड वितरण र प्रश्नावलीहरूको विवरण सहभागीहरुलाई भर्न लगाएको थियो । २१ वर्ष भन्दा माथिका महिलाहरुलाई प्रत्येक वर्ष एब्ए त्भ्क्त् गराउन र पाठेघरको मुखको क्यान्सर जस्तो जटिल स्वास्थ्य समस्या विरुद्ध लड्न जरुरी भएको पनि कार्यक्रमद्वारा सन्देश दिइएको थियो ।  क्रियटिभ बचत तथा ऋण सहकारी संस्थालिले रोटरी क्लब अफ धुलिखेल र विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग संलग्न भई महिलाहरुको हितको लागि विभिन्न जनचेतामूलक कार्यक्रम तथा निःशुल्क महिला प्रजनन् स्वास्थ्य शिविरहरु तथा सामाजिक कार्यहरु निरन्तर प्रवाह गर्दै आएको बताएको छ । महिलाहरुलाई ध्यानमा राखी समग्रमा, एक महत्वपूर्ण रहेको र जसले सबै सँगै काम गर्दा प्रभाव र परिवर्तन ल्याउन सकिने उद्देश्य रहेको जनाएको छ ।