नमोबुद्ध/पुष १७ गते नमोबुद्ध नगरपालिका स्थित पिपलचौर वडा नं.–२ मा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविर तथा मुटु रोग परिक्षण शिविरमा जाँच गरिएका विरामिहरुको थप उपचारको लागि रोटरी सामुदायिक संघ पिपलचौर द्वारा विरामीहरुलाई धुलिखेल अस्पतालमा ल्याइएको छ ।
उपचार बाल मुटु रोग विशेषज्ञ डा. अनिश जोशीले गर्नु भएको थियो । उपचारको क्रममा एकजना बालिकाको आँखा, नाक, कान तथा घाँटीको पनि उपचार गरिएको थियो । उक्त उपचारका लागि रोटरी सामुदायिक संघका अध्यक्ष सविना श्रेष्ठले ब्यबस्थापन मिलाई उपचार गराई उपचार बालबालिका उपचार तथा खाजाको ब्यबस्थापन गरि अभिभावकलाई घर पठाई दिन सहयोग गर्नु भएको थियो । शिविरको लागि आर्थिक तथा प्राविधिक सहयोग रोटरी क्लब अफ धुलिखेल, नेपाल हृदय रोग निवारण प्रतिष्ठान बनेपाद्वारा गरिएको थियो ।





