2026 April 23/ 01:28: 44pm

धुलिखेल/अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सन्तोष भुखजुको अध्यक्षतामा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष भुखजुले कोरोनाको महामारीमा समेत सदस्यहरुलाई संस्थाले राहत प्रदान गरेको बताउनु भयो । संस्थाले सदस्यहरुका लागि विभिन्न तालिम, सामाजिक कार्य गर्दै र आर्थिक क्षेत्रमा लगानी गरेको बताउनु भयो । सदस्यहरुको आर्थिक स्तर उकास्नका लागी ब्यापार ब्यवसाय, घरकर्जा, हायर पर्चेज, लघुउद्यम, कृषि क्षेत्रमा लगानी गर्दै आएको भुखजुले बताउनु भयो । संस्थाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन र आर्थिक प्रतिवेदन एवं लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड १८ लाख ७५ हजार, कुल ऋण लगानी १२ करोड ४३ लाख ४७ हजार, बचत संकलन १७ करोड २ लाख २९ हजार रहेको जनाएको छ । सहकारी विभागबाट सहकारी संस्थाको साधारण सभा गर्न जारी सूचनाको आधारमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाई साधारण सभामा नाम दर्ताको लागि सदस्यहरुलाई मिति २०७७ साल पुष २१  गतेदेखि २५ गते सम्म खुल्ला गरिएको प्रबन्धक आनन्दसागर श्रेष्ठले बताउनु भयो ।