2026 April 23/ 11:47: 55am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शारदादेवीको मन्दिर निर्माण हुने भएको छ । 
मन्दिरको शिल्यान्यास बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच गर्नु भएको छ । बादेले धार्मिक, सास्कृतिक र पुरातात्वकीक अनुसार मन्दिर निर्माण गर्न आग्रह गर्नु भएको थियो । नगरमा रहेका पोखरी, ढुङ्गेधारा, ईनार, पार्कहरुको पुननिर्माण शुरु गरिएको, चण्डेश्वरी मन्दिर परिसर हुदै गोसाईस्थान सम्म १६ सय सिढी निर्माण गर्न लागीएको बादेले बताउनु भयो । नगरका १४ वटै वडा कार्यलय सम्म पुग्ने सडक कालोपत्रे, स्वास्थ्य चौकी निमार्ण, वडा कार्यलय भवन निमार्ण लगाएतका कामहरु तिव्र गतिमा भैईरहेको बताउनु भयो । 
कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले नगरले भौतिक विकाससँगै  कृषि, शिक्षा र स्वास्थय क्षेत्रमा र जनताको आयस्तर उकास्नका लागी काम गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज न्यौपाने, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, ८ नम्बर वडा अध्यक्ष दान बहादुर मानन्धर, १२ नम्बर वडा अध्यक्ष राम बहादुर कुवंर, १४ नम्बर वडा अध्यक्ष गौरी राउत, समाजसेवी रत्नकुश रञ्जित लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष शिब कुमार थापाले स्थानिय स्तरमा सप्ताह लगाई उक्त स्थानमा मन्दिर स्थापना गर्न लागिएको बताउनु भयो । धार्मिक परम्परा अनुसार र एतिहासिक र पुरातत्व अनुसार नै मन्दिरको निर्माण गर्न लागिएको थापाले बताउनु भयो । कार्यक्रम संचालन जयराम गिरीले गर्नु भएको थियो भने सभापतित्व मन्दिर निर्माण समिति अध्यक्ष प्रल्हाद बन्जाराले गर्नु भएको थियो ।