बनेपा/बनेपामा रहेको महिला सरोकार समुहको पहिलो बार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा समुहकी अध्यक्ष शारदा घिमिरे भैलको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष अधिकारीले सामाजिक संघ संस्थाको समन्वय र सहकार्यमा स्थानीय तहले विकासका गतिविधि अघि बढाउँदा सहज भएको बताउनु भएको थियो । सामाजिक संस्था र स्थानीय सरकारको उदेश्य एउटै भएकाले नागरिकहरुको हितका लागि समन्वयमा काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष शारदा घिमिरे भैलले समुहले सामाजिक कार्यलाई प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा सचिव सम्झना खतिवडाले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लिला कार्कीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्वत पास भएको थियो । सोहि साधारण सभाबाट रिक्त रहेको उपाध्यक्ष पदमा विनुता पाल्पाली, सह सचिव पदमा रिता सापकोटा र सदस्य पदमा रेणुका भट्टराई रहने निर्णय गरेको छ । कार्य समितिमा रहेर सामाजिक क्षेत्रमा योगदान पु¥याउने सदस्य सुजिता भण्डारीलाई सम्मान गरिएको थियो । गत वर्ष स्थापना भएको समुहले मानव भएर जन्मिए पछि आधारभुत आवश्यकताबाट बञ्चित ब्यक्तिहरुका लागि सहयोग पु¥याएको थियो ।





