2026 April 23/ 11:48: 38am

पिपलचौर/पिपलचौरमा रोटरी सामुदायिक संघद्वारा पिपलचौर वडा नं २ मा ग्रामीण प्राथमिक स्वास्थ्य क्निीकको उद्घाटन भएको छ । 
धुलिखेल अस्पतालका बालमुटु रोग विशेषज्ञ डा. अनिश जोशी र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष रोटरीयन सुशील ब्यान्जु श्रेष्ठ  क्लिनिकको उद्घाटन गर्नु भएको थियो ।  कार्यक्रममा रोटरी सामुदायिक संघका म्ष्कतचष्अत घद्दढद्द का सभापति तथा रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रोटरीयन अशोक श्रेष्ठ, क्लब व्यवस्थापक रोटरीयन मनिष योगल, रोटरीयन रमा दाहाल, रोटरी सामुदायिक संघ पिपलचौरका अध्यक्ष सबिना श्रेष्ठ, कोषाध्यक्ष सन्नी मानन्धर, सामाजिक परियोजनाको संयोजक पल्लवी प्रधान र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्लिनिक अष्ट्रेलियाका रोटरियन डा. जोसेफ क्यानालिस र परिवारहरुद्वारा प्रायोजित गरिएको थियो । क्लिनिकले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरीएको र सहुलियत दरमा औषधिहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने,  प्राथमिक उपचारमा सहयोग पु¥याउने श्रेष्ठले विश्वास रहेको बताउनु भयो । क्लिनिकले दैनिक ३ घण्टाको लागी स्वास्थ्य सेवा प्रदान गर्ने छ र हप्तामा एक पटक रोट्र¥याक्ट क्लब अफ काठमाण्डौँ मेडिकल साइन्सका डाक्टर र स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा उपलब्द गराइने बताएको छ ।