बनेपा/आशापुरी बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं सभा सम्पन्न भएको छ । संस्था लि.का अध्यक्ष रामकुमार श्रेष्ठको सभापतित्वमा गत शनिवार सम्पन्न भएको हो । कार्यक्रममा संस्था लि.का सचिवद्धारा वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्षद्धारा वार्षिक आय व्यय हिसाब एवं लेखा सुपरिवेक्षण समितिद्धारा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कूल ३ सय ५९ जना शेयर सदस्य रहेको यस सहकारी संस्था लि.को शेयर पूँजी ९६,८०,२००, बचत ३,५६,३२,८२७।६६ रहेको छ । कार्यक्रममा संस्था लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सुरक्षा कोषबाट संस्था लि.कै शेयर सदस्य क्यान्सर पीडित चमेली श्रेष्ठलाई उपचार खर्चबापत नगद २१ हजार प्रदान गरिएको थियो ।





