बनेपा/काभ्रे जिल्ला यातायात समन्वय समितिले नेपाल उद्योग बाणिज्य संघको केन्द्रिय समितिमा निर्वाचित सुरकृष्ण बैद्यलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बैद्यलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै कर्माचार्यले नेपालको सार्वजनिक यातायातलाई ब्यवस्थित बनाउन महासंघको तर्फबाट भएका कामहरुलाई अझै प्रभावकारी ढंगबाट अगाडी बढाउनु पर्ने बताउनु भयो । संघ संस्था ऐन २०३४ मा दर्ता भएका संस्थाहरुको सबै सम्पत्ति र खाताहरु कम्पनी ऐन अन्र्तगत दर्ता भएका फर्महरुमा नामसारी गर्न सफल भएको जस्ता गतिविधिहरुमा महासंघले सफलता प्राप्त गरेको कर्माचार्यले बताउनु भयो । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको समृद्धिका लागि यातायात पहिलो मार्ग भएकाले यसको संरक्षण र ब्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । उपाध्यक्ष जितबहादुर भारतीले मुलुकको समग्र विकासमा यातायात ब्यवसायीहरुले खेलेको भुमिका महत्वपूर्ण भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सुरकृष्ण बैद्यले मुलुकका उद्योग ब्यवसायलाई कोरोना भाईरसको चपेटाबाट जोगाउँदै पुर्नकर्जालाई सहज बनाउनु पर्ने बताउनु भयो । बैद्यले देश भरका उद्योग बाणिज्य संघ मार्फत सम्भावित उद्योगहरुको खोजी गरी सरोकारवाला निकायहरुसँग अन्र्तक्रिया गरी विषयबस्तु छनौट गर्ने तयारी गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले लगायतले यातायात ब्यवसायी र उद्योग ब्यवसायीहरुले राष्ट्रका लागि पु¥याएको योगदानको कदर गर्दै ब्यवसायीहरुले नागरिकहरुको हितमा काम गर्नु पर्ने बताउनु भयो । अध्यक्ष राजेशकुमार श्रेष्ठले जिल्लाका सबै क्षेत्रमा यातायातको सुगमतासँगै ब्यवसायीहरुको हक हितका लागि काम गरिरहेको बताउनु भयो । कार्यक्रममा गणेश हिमाल तराई यातायात कम्पनी प्रालीका अध्यक्ष आत्मराम थापाले यातायात ब्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण ब्यवसायीहरुले ब्यवसायबाट फाईदा लिन नसकेको बताउनु भयो । कार्यक्रममा काभ्रे बस सेवा प्रालीका अध्यक्ष वर्ण शाक्य, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेश सुन्दर सैजु, पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष चित्रबहादुर कुँवर, जेसिज महासचिव विकास मानन्धर लगायतले यातायात क्षेत्रको सुधारका लागि सबै पक्षको समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताएका थिए । प्रकाश कायश्थको संचालनमा सम्पन्न भएको कार्यक्रममा जेसिज महासचिव विकास मानन्धरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा यातायात ब्यवसायी, उद्योगी ब्यवसायी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





