2026 April 23/ 11:48: 39am

बनेपा/पानस बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा धुलिखेको २८ किलोमा रहेको मानव कल्याण समाज (सेवा घर) लाई लत्ताकपडा तथा खाद्यान्न सामग्री प्रदान गरेको छ ।
संस्थाले सामाजि उत्तरदायित्व अन्तर्गत सेवा घर सञ्चालनमा केहि सहजताका लागी  गरिएको संस्थाका अध्यक्ष सुसन राजबंशीले बताउनु भयो । राजवंशीले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका बर्षहरुमा समेत सहयोग गर्दे आएको बताउनु भयो । रक्तदान, आर्थिक सहयोग, स्वास्थ्य शिविर लगायतका कार्य गर्दै आएको राजवंशीले बताउनु भयो । संस्थाले उक्त अवसरमा दाल, चामल, नुन, तेल चिनी, चियापत्ती, सिरक गरी करिब नगद ४० हजार रुपैयाँ बराबरका सामग्री सेवा घरलाई प्रदान गरेको व्यवस्थापक रोशन मानन्धरले जानकारी दिनु भयो ।
कार्यक्रमममा अध्यक्ष राजवंशी, उपाध्यक्ष विजेन्द्र पोटे, संचालकहरु ईश्वर महाजु, श्याम सेवाचार्य, जयन्द्र बादे, लेखा समिति संयोजक हरिगोपाल बैद्य र निरजभक्त नकर्मीको उपस्थिति रहेको थियो । त्यसैगरी उपसमितिबाट राम पोटे, रामेश्वर महाजु र महिला उपसमितिबाट राजेश्वरी कायस्थ, रेणु श्रेष्ठ, सरिता श्रेष्ठ र गिता पोटेको सहभागिता रहेको थियो । संस्थाका पदाधिकारीहरु श्याम सेवाचार्यबाट २ हजार ५०, राम पोटेबाट १ हजार २ सय ५०, रेणु श्रेष्ठबाट १हजार १सय , निरन्जन नकर्मीबाट १ हजार ५ सय ५ र रोशन मानन्धरबाट ६ सय  गरी ६ हजार ८ सय ५ रुपैयाँ सेवा घरलाई नगद सहयोग गरेका थिए । सेवा घरले भक्तपुर र काभ्रेमा सडक पेटी र सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य अशक्त, अनाथ, मनोरोगी, अपाङ्ग एवं वेवारिसे अवस्थामा रहेका व्यक्तिहरुलाई पालन पोषणको व्यवस्था गर्दै आएको छ ।