2026 April 23/ 12:26: 57pm

    काठमाडौ/नेपाली सांगीतिक क्षेत्रका सर्जकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार पहिलो पटक ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ मार्फत सम्मान तथा पुरस्कृत गरेको हो । 
    ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । उक्त समारोहमा साहित्यकार गोबिन्द कडेंल आँसुलाई जुरी छनौटद्वारा बेस्ट लिरिसिष्ट अवार्ड प्रदान गरिएको थियो । उहाँले हालै बजारमा ल्याउनुभएको ‘आधालाश जलिसक्यो’ बोलको गीतद्वारा उक्त अवार्ड पाउनुभएको हो । सो अवार्डलाई अभिनेता तथा निर्देशक विरेन्द्र हमालले सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो । यसअघि पनि साहित्यकार कँडेलले अन्र्तराष्टिय स्टार म्युजिक अवार्ड, ग्लोबल म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड लगायतका विभिन्न राष्टिय तथा अन्र्तराष्टिय सम्मानहरु पाइसक्नुभएको छ । दुई दशकदेखि साहित्य यात्रामा निरन्तर कलम चलाउँदै आउनुभएका कडेंलले चितामाथिको बिहानी कथा संग्रह, वरपिपल खण्डकाव्य, सपनाको घर गीति संग्रह लगायत धेरै गीतहरु बजारमा ल्याइसक्नुभएको छ । उहाँले ५० भन्दा माथिको संख्यामा उपन्यासहरु सम्पादन गरि सक्नुभएको छ  ।