बेथान्चोकका दुई युवा पक्राउ
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित लुम्बिनी गेष्ट हाउसमा महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।





