2026 April 23/ 12:26: 41pm

    बनेपा/नेपाल योग खेलकुद संघ काभ्रेको तेश्रो बार्षिक साधारण सभा केन्द्रिय अध्यक्ष प्रा.डा सुर्यबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष पूर्णचन्द्र सिग्देलको अध्यक्षतामा सम्पन्न सभामा बोल्दै प्रमुख अतिथी कार्कीले योग खेलकुदलाई जीवनको शारिरीक, मानसिक स्वास्थ्यसँग जोडेर स्थानीय तह, विद्यालयका बालबालिकाहरुसम्म पु¥याउनु पर्ने बताउनु भयो । 
    कार्यक्रममा बोल्दै प्रा.डा. कार्कीले स्वास्थ्य उपचार, जीवनलाई स्वस्थ राख्ने कुरा भएकाले योग खेलकूदलाई अझै प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । योग खेलकूदलाई रोजगारका रुपमा विकास गर्न सकिने भएकाले ग्रामिण भेगमा रहेका युवाहरुलाई योग खेलकूदसँग जोडेर अगाडी बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले योगले ब्यक्तिका हरेक प्रकारका रोगहरुलाई दूर बनाउन सहयोग पु¥याउने भएकाले बालबालिकाहरुलाई योग खेलकूदसम्म पु¥याउनु पर्ने बताउनु भयो । अध्यक्ष पूर्णचन्द्र सिग्देलले योग खेलकुद संघ मार्फत राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार प्राप्त गर्न सफल भएको बताउनु भयो । खेलकूद योगलाई स्थानीय पालिका अनुसार विस्तार गर्दै लैजाने अध्यक्ष सिग्देलले बताउनु भयो । 
    कार्यक्रममा योग खेलकूद महासंघका पदाधिकारीहरु, सचिव राजन अधिकारी, शिक्षक महासंघ काभ्रेका उपाध्यक्ष साधुराम दाहाल लगायतको सहभागिता रहेको थियो ।