नाला/बनेपा नगरपालिका वडा न ३ काफलबोटमा गुरुङ समुदायको बिशेष पर्व तमु ल्होछार विभिन्न कार्यक्रको आयोजना गरी मनाएको छ । उक्त कार्यक्रमको उद्घाटन पूर्व सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गोकुल प्रसाद बास्कोटाले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई काम गर्न नदिएर देशमा अस्थिरता निम्त्याउन खोज्ने प्रवृत्ति र चुनाव मार्फत जनताको माझमा जान नसक्ने डरले आन्दोलनमा लागेका र त्यो प्रवृत्तिलाई परास्त गर्न आग्रह गर्नु भएको थियो ।
बाँस्कोटाले काभ्रेको समग्र विकासमा अरबौं रकम निकासा गर्दै त्यसको नेतृत्व आफुले गरेको तथा निरन्तर त्यसको नेतृत्व गरिरहन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल, युवा नेता रामशरण दाहाल, वडा न ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व शम्भु गुरुङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तमु समाजका सचिव विष्णु गुरुङले गर्नुभएको थियो ।





