चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत विकास तालिम हालै भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ ।
तालिममा संस्थाको संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापनका गरी २३ जनाको सहभागिता थियो । नेफ्स्कूनको प्रोबेशन कार्यक्रम अन्तर्गत बागमती पहिलो क्लष्टरमा आबद्ध संस्थाले उक्त तालिमबाट आगामी वर्ष प्रोबेशन अन्तिम परिक्षण गराउने लक्ष्य सहित कार्ययोजना निर्माण गरिएको जनाएको छ । तालिमले आगामी दिनमा संस्था संचालनको लागि समिति , उपसमिति र व्यवस्थापनको क्षमता विकास भएको र तालिमबाट सिकेका कुुराहरु संस्थामा गई कार्यान्वयनमा ल्याउने अध्यक्ष मैंया महतले प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्वभ तिमल्सिना र कार्यक्रम अधिकृत कोमल राज अधिकारी गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा नेफ्स्कूनका प्रचार्य गणेश प्रसाद तिमल्सिनाले समिति तथा उपसमितिको काम कर्तव्य र अधिकारका विषयमा प्रष्ट पार्दै तालिम सिकेका कुराहरुलाई व्यवहारमा परिणत गर्न आग्रह गर्नुहुँदै साकोसको सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।





