2026 April 23/ 12:26: 24pm

     बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामहरि के.सी. को सभापतित्वमा सम्पन्न भएको छ । 
    साधारण सभाले आगामी चार वर्षका लागि कैलाश के.सी.को अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ । संचालक समितिको उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी., संचालक सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित हुनु भएको छ ।  सभाले लेखा सुपरिवेक्षण समितिमा पूर्णबहादुर कार्कीको संयोजकत्वमा सदस्यहरुमा सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ ।
    कोरोना भाइरस (कोभिड १९) संक्रमणको विषम परिस्थितीलाई ध्यानमा राखी साधारण सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थिती रहेको थियो । सभा समक्ष संस्थाका सचिव पे्रमनाथ शर्मा कोईरालाले आर्थिक वर्ष ०७६÷०७७ को सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले आर्थिक वर्ष ०७६।०७७ को कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.व.०७७।०७८ र ०७८।०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सहसचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन रामकृष्ण राय क्षेत्रीले गर्नु भएको थियो । सहकारी विभागबाट सहकारी संस्थाको साधारण सभा गर्न जारी सूचनाको आधारमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाई साधारण सभामा नाम दर्ताको लागि सदस्यहरुलाई मिति २०७७ साल पुष ४ गतेदेखि खुल्ला गरिएको थियो ।

आ.व.०७६।०७७ को अन्त्यसम्ममा संस्थामा १३८४६ जना शेयर सदस्य, ५७३१ जना बाल बचतकर्ता आवद्ध छन् । संस्थाको कुल सम्पत्ति रु.१,२५,१३,९८,५८६।३९ , बचत संकलन रु.९५,१०,०७,५२२।६२, शेयर पूँजी १२,२६,०५,१००।–, लगानीमा रहेको ऋण रु.९६,४६,८८,६२५।३७, जगेडा तथा अन्य कोष रु.११,०५,५१,०४५।७६ रहेको छ । आ.व.०७६।०७७ मा संस्थाले संचालन मूनाफा रु.३,६९,४४,२४९।८४ गरेको छ । सदस्यहरुलाई मूनाफाबाट ११ प्रतिशत लाभांष वितरणको निर्णय गरेको छ ।
संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवाका अतिरिक्त रेमिट्यान्स सुविधा, आर्थिक सुरक्षा कार्यक्रम मार्फत विविध सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सदस्य मृत्यु राहत रु.३०,०००।–, सुत्केरी सहयोग रु.६,०००।–, जटिल रोग उपचार रु.२०,०००।–, दुर्घटना बीमा रु.१,००,०००।–, दैवी विपत्ति सहयोग रु.२०,०००।– 
मुख्य कार्यालय सहित बनेपा, धुलिखेल र नाला क्षेत्रमा गरी ४ वटा कार्यालयबाट सदस्यहरुलाई सेवा प्रवाह गरेको छ ।
संस्थाले राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार प्राप्त गरिसकेको छ भने एशियाली ऋण महासंघबाट २०६९ सालदेखि लगातार एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।