2026 April 23/ 12:26: 26pm

    धुलिखेल//पर्यटकीय नगरी धुलिखेलमा होटल तथा रेस्टुरेन्टहरु खुल्ने क्रम बढेको छ । नगरपालिकाले पर्यटकिय नगरीका लागि ब्यवसायीहरुका लागि विभिन्न खालका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा होटल घर आँगन प्रालीको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले पर्यटकहरुका लागि र पर्यटन ब्यवसायका लागि विभिन्न पूर्वाधार निर्माण तथा अन्य कार्य गरिरहेको बताउनु भयो । आन्तरिक र बाह्य पर्यटकहरुका लागि नगरपालिकाले सहज वातावरण तयार गरिरहेको उहाँले बताउनु भयो । भिमप्रसाद ढकाल, ईश्वर श्रेष्ठ, विकास श्रेष्ठ र कैलाश श्रेष्ठको संयुक्त लगानीमा उक्त होटल धुलिखेलको भट्टिडाँडा जाने सडक गौखुरेश्वर नजिकै शुरुवात गरिएको छ । होटल उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, उद्योगी ब्यवसायी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।