2026 April 23/ 12:26: 25pm

    बनेपा/अभिनेत्री करिश्मा मानन्धरले बनेपामा सुगन्ध ब्युटी एण्ड हेयर मेकअफ स्टुडियोको उद्घाटन गर्नु भएको छ । पनौती निवासी रमिला रञ्जितकार र बनेपा निवासी कुमार मैनालीको संयुक्त लगानीमा शुरु भएको उक्त स्टुडियोमा महिला, पुरुष दुबैलाई सेवा दिने साथै प्रशिक्षण उपलब्ध गराईनेछ । 
    नायिका करिश्मा मानन्धरले कोरोनाका कारण थलिएको अर्थतन्त्र माथी उठाउन साना–साना व्यापार व्यवसायले पनि धेरै सघाउने बताउनु भयो । सुगन्ध ब्युटि एण्ड हेयर मेकअप स्टुडियोको उद्घाटन गर्दै उहाँले अर्थतन्त्र उकास्न स–साना व्यवसायले पनि धेरै सघाउने बताउनुभएको हो । घरायसी काम सँगसँगै आफ्नो व्यवसाय अघि बढाउन सहज हुने भएकाले विशेषगरी महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन, सौन्दर्य बढाउन, शरीरको हेरचाहका लागि पार्लरले सघाउने पनि नायिका मानन्धरले बताउनुभयो । व्यवसाय गर्न चाहनेहरुलाई सरकारी तथा गैरसरकारी निकायहरुले पनि अनुदान लगायतका कार्यक्रम गरिरहेकाले दृढ इच्छा भएमा सफलता मिल्ने उहाँको भनाई थियो । रमिला रन्जितकार र कुमार मैनालीले करिब १८ लाख लगानी गरेर ब्युटि एण्ड हेयर मेकअप स्टुडीयो सञ्चालनमा ल्याउनुभउको हो । यहाँ ७ जनाले रोजगारी समेत पाउनेछन् । पार्लरले महिला र पुरुष दुवैको लागि सौन्दर्य सुविधा उपलब्ध गराउनुका साथै ट्रेनिङ पनि दिइने सञ्चालक रन्जितकारले जानकारी दिनुभयो । 
उद्घाटन कार्यक्रममा सहकारी अभियन्ता रोशन श्रेष्ठ, राजन अधिकारी लगायतले व्यवसायका व्यवसाय गर्न चाहनेहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस संगठन काभ्रेका अध्यक्ष भुवन रायमाझी लगायतको उपस्थिती रहेको थियो ।