2026 April 23/ 12:26: 41pm

    बनेपा/काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघ काभ्रेको चौथो बार्षिक साधारण सभा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष शिवप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग क्षेत्रका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल गरिएको थियो । 
    कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्यले कोरोना भाईरस तथा अन्य कारणबाट संकटमा परेका उद्योग ब्यवसायलाई अगाडी बढाउने बताउनु भयो । जिल्लाका लागि अवसर नै अवसर भएकाले त्यसलाई सदुपयोग गरी उद्योगी ब्यवसायीहरुको हितमा काम गर्ने उहाँले बताउनु भयो । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले कोरोना भाईरस, भुकम्प जस्ता महाविपत्तिले ब्यवसायीहरुलाई पु¥याएको क्षतीलाई सहजिकरण गरी सहुलियत कर्जा, ब्याज तथा हर्जना छुट लगायतका कृयाकलापमा सहजिकरण गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले सेवामा गुणस्तर र अस्वस्थ प्रतिस्पर्धा रोक्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष बलराम अधिकारी, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके लगायतले पार्टी प्यालेस तथा क्याटरिङ्ग क्षेत्रको समस्यामा सहजिकरण गर्ने बताउनु भयो ।  
    अध्यक्ष शिवप्रसाद तिमल्सिना, उपाध्यक्ष श्यामकुमार भालु, सचिव जनार्दन पौडेल लगायतले संघले भोगिरहेका समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । कोरोना भाईरसका कारण सरकारले औपचारिक रुपमा पार्टी प्यालेस तथा क्याटरिङ्ग सेवा अझै खोलेको छैन तर पनि ब्यवसायीहरुले सुरक्षाको मापदण्ड अपनाउँदै सेवा प्रदान गरिरहेका छन् । संस्थापक सदस्य रामकुमार तँखाक्षेको निधन प्रति सभाले शोक ब्यक्त गरेको थियो । सोहि सभामा संस्थापक अध्यक्ष शोकसुधार भैल लगायतले संघलाई अझै अगाडी बढाउन निरन्तर कृयाशिलता आवश्यक रहेको बताएका थिए ।