उद्धब प्रसाद अधिकारी/पाँचखाल
स्वेच्छा बचत तथा ऋण सहकारीको १० औ वार्षिक साधारण सभा पाँचखाल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी ढकालले सहकारीले गर्दा जनताको आयस्तरमा थप बृद्धि भएको बताउनु भयो । स–सना काम देखी ठुला कामसमेत सहकारीहरु मार्फत गर्न सकिने भएकाले बंैकको जस्तो झन्झटिलो नभएकाले गाउँगाउँमा खोलिएका सहकारीले स्थानीय स्तरमा सहयोग पुगेको बताउनु भयो । सहकारीले पनि सदस्यहरुको भावना बुझ्दै बचत तथा ऋणको मात्र काम नगरी कृषि तथा रोजगारका क्षेत्रमा लगानी गर्नु पर्ने ढकालले बताउनु भयो । साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन सचिब सुन्दर तामाङले आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिल सापकोटाले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुंजी ९३ लाख ५४ हजार, बचत संकलन १० करोड २२ लाख ६ हजार, ऋण लगानी ९ करोड ४० लाख ९१ हजार र खुद नाफा १२ लाख १९ हजार रहेको जनाएको छ ।
कार्यक्रममा समुदायमा आधारित उत्कृष्ट सहकारी भएकाले शेयर सदस्य बृद्धि, सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको प्रमुख ब्यबस्थापक सन्तोष नापितले बताउनु भयो । कार्यक्रम संस्थाका उत्कृष्ट बचतकर्ता, शेयर सदस्य, ऋणी, एसईई उत्तिर्ण बाल सदस्य, लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।





