धुलिखेल/रोटरी क्लब अफ धुलिखेलको आयोजनामा रोटरी क्लब अफ साउथ वागा, रोटरी क्लब अफ काठमाण्डौ, जि.सि.एफ ग्लोबल–अमेरीका, रोटरी सामुदायिक संघ पिपलचौर, रोट¥याट् क्लब अफ काठमाडौँ विश्व विद्यालय मेडिकल साइन्स, रोट¥याट् क्लब अफ काठमाडौँ विश्व विद्यालय, रोट¥याट् क्लब अफ धुलिखेल र रोट¥याट् क्लब अफ सिखलापुरको समन्वयमा क्रिसमस पर्वको उपलक्ष्यमा अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द«मा ४६ जना अपाङ्ग बालबालिकाहरु लाई उपहार स्वरुप ज्याकेट वितरण गरिएको छ ।
उक्त कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष रोटरीयन सुशिल कुमार श्रेण्ठ, पूर्व अध्यक्ष तथा रोटरी सामाजिक परियोजनाको संयोजक रोटरीयन अशोक कुमार श्रेष्ठ, रोटरीयन कमला श्रेष्ठ, हार्डजोर्नी विषेशज्ञ रोटरीयन प्रह्लाद प्रसाद पराजुली तथा रोटरीयन मनिस योगल, रोटरीयन अनुप कुमार श्रेष्ठ र डा. प्रिया श्रेष्ठको सहभागिता थियो भने रोटरी सामुदायिक संघ पिपलचौरका अध्यक्ष सविना श्रेष्ठ, कोषाध्यक्ष सनी मान्नधर, सामाजिक परियोजनाको संयोजक पल्लवी प्रधान, सल्लाहकार सुरज प्रजापति र काठमाडौं विश्वविद्यालयका सदस्यहरूको सहभागिता रहेको थियो ।





