2026 April 23/ 11:47: 28am

होमप्रसाद चौलागाई/कुन्ता 
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं स्थापना दिवस तथा २० औं साधारण सभा मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नारायण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी लम्सालले नगरकै उत्कृष्ट सहकारी बन्न सफल भएकोमा संस्थालाई धन्यवाद दिनु भएको थियो । सहकारीले सदस्यहरुको बचतलाई सुनिश्चत गरी थोरै भन्दा थोरै ब्यजमा लगानी गर्नुपर्ने लम्सालले बताउनु भयो । सहकारीले बचत तथा ऋणको कारोबार मात्र नगरी उत्पादन क्षेत्रमा लगानी बढाउन, सदस्यहरुलाई आय अर्जनमा थप सहयोग गरी प्रविधीमैत्री कृषिमा जोड दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव गणेश प्रसाद नेपाल आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक लक्ष्मी पराजुलीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७६÷७७ को कुल पुजीं २४ करोड, सदस्य १ हजार ९ सय ५०, बाल सदस्य ७ सय रहेको जनाइको थियो । कोभिड १९ का कारणले संस्थाको पौष ५ गते चण्डेनीमण्डन क्षेत्र, ६ गते नयाँगाँउको नौला डाँडा चैनपुर, ७ गते रानीटार भेगको ज्ञानसरोबर विद्यालयमा ८ र ९ गते संस्थाको कार्यलय कुन्ता बजार क्षेत्र र १० गते कुन्ताको पार्टी प्यालेसमा प्रतिनीधी मुलक भेला गरी साधारण सभा सम्पन्न गरेको जनाएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणी, बालबचतकर्ता, शेयर सदस्य, जेष्ठ सदस्य, कर्मचारी र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साधारण सभामा संस्थाका प्रमुख सल्लाहकार बद्रि प्रसाद नेपाल, विभिन्न संघ संस्थाका प्रतिनीधि लगाएतको सहभागिता रहेको थियो । 
कार्यक्रम संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको सभापतित्वमा र सञ्चालन ऋण उपसमिती सदस्य प्रकाश नेपालले गर्नु भएको थियो ।