2026 April 23/ 11:47: 55am

होम चौंलागाँँईं/मण्डनदेउपुर
    मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक किसानहरुको पक्षमा निर्णय गरेको छ । मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख निर्मला शाहीको अध्यक्षतामा बसेको वैठकले किसानहरुको घरदैलोमा सहज ढंगले रासायनिक लम समयमै पुग्ने गरी वडा वडामा रहेका सहकारी संस्थाहरु मार्फत मल वितरण गर्ने गराउने गरी सो निर्णय गरेको हो । 
    नगर प्रमुख पार्टी गुटका वैठकहरुमा व्यवस्त रहन यसभन्दा १५ दिन अघि देखि नै उप–प्रमुखलाई कार्यवाहक प्रदान गर्दै आपूm पार्टी विभाज तथा गुटका वैठकहरुमा सामेल भईरहँदा उप प्रमुखले उक्त वैठकको अध्यक्षता गरेको बताइएको छ । 
    वैठकबाट आय आर्जनको बाटो न्यून भएका १२ ओटै ओडाका निम्न वर्गीय किसानहरुलाई जिविकोपार्जन कार्यक्रम अन्तर्गत नगद रु. २५ हजार सहितको विभिन्न सहुसलयत सामानहरु वितरण गर्ने कार्य तत्कालै प्रारम्भ हुने निर्णय समेत भएको बताइएको छ ।