श्याम सापकोटा
नाला, बनेपा
बनेपा न.पा.वडा न..४ स्थित उग्रचण्डी भगवती देवानन्द सत्तल उग्रचण्डी भगवती मन्दिर परिसरको डबलीमा नाला उग्रचण्डी भगवती गुठी ब्यबस्थापन समिति तथा कर्माचार्य समाज काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा उग्रचण्डी भगवती तथा दारु पूजाको परिचय तथा दाता भक्तजनहरुको सम्मान समारोह परिचय तथा सम्मान समारोह नाला उग्रचण्डी भगवती गुठी ब्यबस्थापन समिति तथा कर्माचार्य समाज काभ्रे जिल्ला समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको छ ।
समारोहमा प्रमुख अतिथि धर्म, संस्कृति, परम्परातन्त्र बिद् महेश्वर जुजु राजोपाध्याय रहनुभएको थियो । त्यसैगरी बिशिष्ट अतिथि कर्माचार्य समाज केन्द्रका अध्यक्ष चण्डेश्वर कर्माचायर्, बिशिष्ट अतिथि कर्माचार्य समाज केन्द्रका बरिष्ठ सल्लाहकार रामकृष्ण कर्माचायर्, बिशिष्ट अतिथि कर्माचार्य समाज केन्द्रका सल्लाहकार प्रा.डा. उत्तमकृष्ण कर्माचायर्, बिशिष्ट अतिथि नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, बिशिष्ट अतिथि तन्त्र एबं कर्मकाण्ड बिद प्रा.डा. सिद्धिबीर कर्माचायर्, बिशिष्ट अतिथि बनेपा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, अतिथि कर्माचार्य समाज केन्द्रका कोषाध्यक्ष मदनकुमार कर्माचार्र्य, अतिथि कर्माचार्य समाज भक्तपुर जिल्ला समितिका अध्यक्ष बद्रिनारायण कर्माचार्य रहनुभएको थियो । समारोहमा चण्डेश्वरी माध्यमिक बिद्यालय नालाका प्रधानाध्यापक राजेन्द्रकुमार बज्राचार्यले शुभ कामना मन्तब्य राख्नु भएको थियो भने नेपाल साँस्कृतिक संघका सभापति तथा कर्माचार्य समाजका उपाध्यक्ष हरिकुमार कर्माचार्यले स्वागत मन्तब्य दिनु भएको थियो । समारोहमा कर्माचार्य समाज काभ्रे जिल्ला समितिका सचिव बिजयराम कर्माचार्य र स्थानीय महिला कार्यकर्ता सन्ध्या रञ्जितले उदघोषण गर्नु भएको थियो ।





