2026 April 23/ 11:47: 58am

बनेपा/जिल्लाको रोशीगाउँपालिकाको पर्यटकीय स्थल तिनधारे झरना ताराखसेलेक हुँदै विकट महाभारत गाउँपालिकै दुर्गम मानिने वडा नम्बर २ को राजेडाँडा, मोक्तानटोल, स्याप्लेडाँडा, भञ्ज्याङ, सेक्तेल, अम्वलबास सम्म बस सञ्चाल हुने भए पछि त्यस क्षेत्रका स्थानीयहरुलाई सहज हुने भएको छ । 
ग्रामीण भेगकायात्रुहरुको सुविधालाई मध्यनजर गरी काभ्रे बस प्रा.लि.ले यातायात संचालन गरी रहेको र स्थानियजनताको सुविधाको लागि उक्त क्षेत्रमा बस केहि दिनबाट नै सञ्चालन गर्न लागिएको काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले बताउनु भयो । गाउँपालिका, वडा र स्थानियको अनुरोधलाई काभ्रे बस प्रालिले सहजै रुपमा स्वकार्दै जनतालाई सेवा दिनका लागि बाटोको अनुगमन गरिएको शाक्यले बताउनु भयो । अब केहिदिनमै हामीले बस सञ्चालन गर्ने तयारी गरेका छौ शाक्यले भन्नुभयो ।  यसअघि बस सम्म पुग्नका लागि घण्टौ हिडेर तारखसेलेक, जोरछाँगा वा धापमा पुग्ने पर्ने बाध्यता थियो, जुन अब अन्त्य भएको छ वडा अध्यक्ष धनजित लामाले बताउनु भयो । बस बनेपाबाट निंगाले, तारखसे हुँदै सो वडामा पुग्ने छ वडा नम्बर २ वडाध्यक्ष मिन बहादुर वाईबाले बताउनु भयो । 
काभ्रे बसले गत पौष ५ गते काठमाडौं स्वयंभुबाट जिल्लाको मनोरम स्थल तेमाल गाउँपालिकाको मेच्छेपौवासम्म संचालन गरेको थियो । स्वयंभुबाट विहान ५ः३० बजे, चावहिल बाट विहान ५ः४५ बजे र कोटेश्वरबाट विहान ६ बजे बस सञ्चालन भैईरहेको हुँदा सोहि अनुसारको सेवा सुविधा लिनु अनुरोध गरीएको छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीहरु शहर सम्म ल्याउन सकिने भएको हुँदा कृषकहरु पनि लाभान्वित हुने भएको हुँदा स्थानीयवासीहरुले काभ्रे बस प्रा.लि.लाई धन्यवाद दिएका छन् । उक्तक्षेत्रमा बस सुविधा सम्पन्न भई यात्रुहरुको बीमा र आरामदायी सिटको व्यवस्था रहेको जानकारी प्रा.लि.ले जनाएको छ । उक्त बस प्रा.लि.ले विभिन्न ग्रामीण रुटमा र धुलिखेल–काठमाडौंमा यातायात सुविधा प्रदान गर्दै आइरहेको छ ।