2026 April 23/ 10:41: 28am

सिपाली/श्री हिमालय माध्यमिक विद्यालयको ब्यबस्थापन समिति गठन भएको छ । 
पटक पटक अभिभावकहरुको भेला भई राजनीतिक कारणले  रोकिएको ब्यबस्थापन समिति गठन सम्पन्न भएको हो । नेकपा र नेपाली कांग्रेसको विवादका कारण धेरै समयदेखी गठन हुन सकेको थिएन । अभिभावक भेला पश्चात चुनावी प्रक्रियाबाट नेकपा समर्थित होम बहादुर तामाङ, नारायण हुमागाई, गोपिनी मैनाली र निर्मला दाहाल निर्वाचित भएका छन् । उक्त  विद्यालय ब्यबस्थापन समितिमा कांग्रेसले आफ्नो महत्वको रुपमा हेरेका थिए ।