2026 April 23/ 10:41: 48am

    धुलिखेल/डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७६/२०७७ को बार्षिक प्रगति, अनुगमन मुल्याङ्कन तथा कबुलियती बनको सफलताको बारेमा जानकारी गराउँदै चालु आर्थिक वर्ष २०७७/२०७८ का नयाँ कार्यक्रम, बजेट र योजनाका बारेमा जानकारी गराएको छ । 
    जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकमा डिभिजन वन अधिकृत देविचन्द पोखरेलले कोरोना भाईरसका महामारीका बीच भएको प्रगति, अवसर र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो । चालु वर्षका कार्यक्रम संचालन गर्न स्थानीय सरकारसँगको समन्वय तथा सहकार्यसँगै प्राप्त अवसर र चुनौतीलाई अगाडी बढाउनु पर्ने बताउनु भएको थियो । सोहि कार्यक्रममा चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, खानिखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बजगाई, बनेपा नगरपालिका शाखा प्रमुख धुर्व्रराज नेपपाल, सामुदायिक बन उपभोक्ता महासंघ नेपालका अध्यक्ष विनोद सापकोटा, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी कुमारविक्रम थापा, ब्यवसायीहरुका नेता माधवमणी हुमागाई लगायतको सहभागिता रहेको थियो । राजनीतिक दलका प्रतिनिधिहरु नेपाली कांग्रेसका विनोद तिमल्सिना, डिभिजन बन कार्यालयका अधिकृतहरुको सहभागिता रहेको कार्यक्रममा सामुदायिक वन विभिन्न कारणबाट मासिदै गएको, स्थानीय सरकारहरुको समन्वयमा बन जोगाउने कार्यक्रम संंचालन हुनु पर्ने लगायतका सुझावहरु प्राप्त भएका थिए । पछिल्लो समय वनको जग्गालाई नीजि बनाई दर्ता गर्ने क्रम शुरु भएको भन्दै चिन्ता ब्यक्त गरिएको थियो ।