2026 April 23/ 10:41: 27am

    बनेपा/यु एम बचत तथा ऋण सहकारीसंस्था लिमिटेडले आफ्नै भवनबाट कारोवार शुरु गरेको छ । नयाँ भवनको नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्यले गर्नु भएको छ । 
    अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बैद्यले मुलुकको विकास र समृद्धीका लागि उद्योगी ब्यवसायीहरुलाई सहज र सरल वातावरण बनाउनु पर्ने बताउनु भयो । सहकारीको लगानी उद्योग र ब्यवसाय क्षेत्रमा लगाउनु पर्ने बताउँदै बैद्यले सहकारी ऐन र नियमको सबैले पालना गर्नु पर्ने बताउनु भयो । युवा नेता मुस्कान पौडेलले विदेशिएको जनशक्तिलाई रोजगार दिन सक्ने गरी सहकारीले कार्ययोजना बनाई लगानी गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, वडा अध्यक्ष चन्द्रबहादुर खड्का, काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक जेन लामा लगायतले सहकारीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । प्रवन्धक रोशन श्रेष्ठले सहकारीका गतिविधिका बारेमा जानकारी गराएको कार्यक्रम चण्डिका वाग्लेले संचालन गर्नु भएको थियो । सोहि अवसरमा केन्द्रिय सदस्य सुरकृष्ण बैद्यलाई सम्मान गरिएको थियो । सहकारीले विभिन्न संस्थाहरुसँग एकिकरण गरी जिल्लाभर कारोवार शुरु गरेको कार्यकारी अधिकृत रोशन श्रेष्ठले जानकारी दिए ।