उद्धब प्रसाद अधिकारी/दुलालेश्वर माध्यमिक विद्यालय दोलालघाटले विज्ञान प्रदर्शनी र्काक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पूर्व श्रमराज्य मन्त्री गोविन्दनाथ उप्रेति, भुम्लु गाँउपालिकाका कार्यकारी अधिकृत मदन बजगाँई र विज्ञान विषयका वरिष्ठ प्रशिक्षक माधव अधिकारीद्वारा प्रर्दशनीको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मा.वि। विज्ञान शिक्षक डा. श्यामसुन्दर शाह तथा निमावि विज्ञान शिक्षक सियाशरण भण्डारीको नेतृत्वमा र प्रधानाध्यापक अशोक चन्द्र झाको संरक्षणमा विद्यर्र्थीहरुद्वारा निर्मित बिभिन्न सामगी्रहरुको प्रदर्शन गरिएको थियो ।
प्रर्दशनीको अवलोकनका क्रममा भुम्लु गाउँपालिका विधालय निरिक्षक प्रेमराज पुरी, गाउँ प्रतिनिधीहरु, विभिन्न विद्यालयका विज्ञान शिक्षकहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु समेतले प्रर्दशनीको अवलोकन गरेका थिए । प्रर्दशनीमा ५ वटा ग्यास, विद्युतका श्रेणीक्रम, सामानान्तर, बिग्रेका लिड कसरी ठिक गर्ने, पानी तान्ने पम्प, सजावटका लागि बनाइएको फाउन्टेन, सोलार हिटर, सोलार वाटर हिटर, सोलार प्यानलबाट बत्ति बाल्ने, मोटरबोट, हिटिङ् बोट, म्यान मेड सिम्पल कम्प्युटर, हाईड्रोलिक डोजर, केबलकार, पेरिसकोप, पेपर कटर, भोलक्यानो, जेनेरेटर, माईक्रोस्कोप, टेलिस्कोप जस्ता आइटमहरु राखिएको थियो ।





