2026 April 23/ 10:42: 46am

ग्रामीण भेगका यात्रुहरुको सुविधालाई मध्यनजर गरी काभ्रे बस प्रा.लि.ले यातायात संचालन गरेको छ । पौष ५ गते आइतबारदेखि सुरु भएको उक्त यातायात सेवा काठमाडौं स्वयंभुबाट काभ्रे जिल्लाको मनोरम स्थल तेमाल गाउँपालिकाको मेच्छेपौवासम्म संचालन हुनेछ । बस स्वयंभुबाट विहान ५ः३० बजे, चावहिलबाट विहान ५ः४५ बजे र कोटेश्वरबाट विहान ६ बजे बस छुट्ने भएको हुँदा सोहि अनुसारको सेवा सुविधा लिनु हुन सम्पूर्ण यात्रुहरुलाई काभ्रे बस प्रा.लि.का अध्यक्ष वर्ण शाक्यले अनुरोध गरेको छ । 
काभ्रेको मेच्छेपौवामा बस संचालनमा आएपछि प्रत्यक्ष रुपमा स्थानीयवासीहरु लाभान्वित हुने छ । जसले गर्दा स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीहरु शहरसम्म ल्याउन सकिने भएको हुँदा कृषकहरु पनि लाभान्वित हुने भएको हुँदा स्थानीयवासीहरुले काभ्रे बस प्रा.लि.लाई धन्यवाद दिएका छन् । उक्त वस सुविधा सम्पन्न भई यात्रुहरुको वीमा र आरामदायी सिटको व्यवस्था रहेको जानकारी प्रा.लि.ले जनाएको छ । 
उक्त बस प्रा.लि.ले विभिन्न ग्रामीण रुटमा र धुलिखेल–काठमाडौंमा यातायात सुविधा प्रदान गर्दै आएको छ ।