बनेपा/अरनिको राजमार्ग बनेपा नगरपालिकाको पुलबजार देखी बुडोलसम्म सर्भिस लेन सहित फुटपाथसम्म जोड्ने गरी कालो पत्रे हुने भएको छ ।
उक्त सडक कालोपत्रे गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि छलफल कार्यक्रम आयोजना गरिएको थियो । पूर्व मन्त्री गोकुल बाँस्कोटाको पहल तथा नगरपालिकाको समन्वयमा डिभिजन सडक कार्यालय भक्तपुरले बनेपा नगरपालिकाको साँगा भन्ज्याङ्ग क्षेत्र र पुलबजार देखी बुडोल चोक सम्म दाँयाबाँया सडक कालोपत्रे गर्न लागिएको नगर प्रमुखलक्ष्मी नरसिं बादेले बताउनु भयो । कालोपत्रे गरे पछि बनेपा नगरपालिका धुलो र हिलो मुक्त हुने विश्वास लिएको बादेले वताउनु भयो । कालोपत्रे सम्पन्न पश्चात पार्किङ्गलाई ब्यबस्थापन गरी हेभी, साना गाडीहरुलाई समेत ब्यबस्थित गरिने नगर प्रमुख बादेले वताउनु भयो । छलफलमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसी, नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा दाहाल सापकोटा, निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, प्रमुख सेनानी नरेश केसी, प्रहरी उपरिक्षक रविराज पौड्याल, डिभिजन सडक कार्यालयका सि डि ई सुमन याोगेस, युवा ब्यबसायी रत्नकुश रजींत, काभ्रे उद्योग वाणिज्य सघंका महासचिब कैशाल पलान्चोके लगाएतले बनेपाको सुन्दरतामा कालोपत्रे महत्वपूर्ण हुने बताउनु भयो । पार्र्किङ्गलाई ब्यबस्थित गरी दायाँबायाँ बस स्टप सहित सर्भिस ट्रयाक स्तेरन्ती गर्ने निर्णय भएको छ ।





