रोशी/रोशी गाउँपालिकाले रोशी गाउँपालिका वडा नम्वर १ मा निर्माण हुने १० शैयाको अस्पताल भवनको संलग्न अनुसारको लागत स्टमेट स्वीकृत गरेको छ । लागत स्टमेट अनुसार १० करोड ८३ लाख २६ हजार रुपैयाँमा भवनको टेन्डर गर्ने निर्णय गरेको छ ।
अस्पतालको निम्ति डाक्टरको लागि विज्ञापन गरिएको तर कुनैपनि दरखास्त नपरेकाले नेपाल सरकारले उपलब्ध गराएको आठौं तहको तलब स्केलको आधारमा मात्र गाउँपालिकाले उपयुक्त जनशक्तिसँग प्राप्त गर्ने अवस्था नदेखिए अस्पताल सञ्चालनमा नै समस्या हुने देखिएकाले तोकिएको तलबका अतिरिक्त प्रति महिना अक्षरेपी बीस हजारका दरले थप गर्ने निर्णय गरेको छ । गाउँपालिकामा लामो समयदेखि कार्यरत ६० वर्ष भन्दा माथि उमेर समुहका १९ जना स्वयंसेवीकाहरुलाई जनही २० हजार सहित सम्मान जनक रुपमा विदाइ गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण गर्न विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन नियमन कार्यविधि २०७५ को दफा ९१ को व्यवस्था अनुसार लेखापरीक्ष गर्न ११ जना लेखापरीक्षक नियुत्तिफ गर्ने निर्णय गरेको छ ।
रोशी गाउँपालिका अन्र्तगत शून्य दरबन्दी रहेको विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्न तथा शैक्षिक पहुँच तथा सिकाई गुणस्तर प्रवद्र्धन गर्न निम्न माध्यमिक तहका ५ वटा र प्राथमिक तहका १ वटा शिक्षण अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । गाउँपालिकाकाले प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न २०७६ फागुन ७ गतेको कार्यपालिका वैठकले निर्णय गरे बमोजिम जग्गा प्राप्त भएकोले उक्त जग्गाको सिमांकन गरी जग्गा सम्याउने, ड्रेन, निर्माण वाल निर्माण संलग्न लागत स्टीमेट बमोजिमको रकम भवन निर्माण शिर्षकमा विनियोजन रकमबाट तत्काल गर्ने र बाँकी रहेको रकमबाट आल्मुनियम पार्टेशन सहितको अस्थायी भवन निर्माणको लागि र स्थायी भवन निर्माणको डिजाइनिङको लागि प्रकृया आरम्भ गर्ने निर्णय भएको अध्यक्ष डिबी लामाले बताउनु भयो ।





