धुलिखेल/अन्र्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारी धुलिखेलमा बैदेशिक रोजगारबाट फर्किएकाहरुसँग अन्र्तक्रिया गरिएको छ । धुलिखेल नगरपालिका, सिभिक फोरम, हेल्भिटास र सामि परियोजनाले बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुले नेपालमै रोजगारमुलक कार्य गर्न भएका अप्ठ्याराहरु र स्थानीय सरकारले गर्ने सहयोगका बारेमा छलफल गरिएको थियो ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बैदेशिक रोजगारबाट फर्किएकाहरुले उद्योग दर्ता गरी सिपको अनुभव सहित नगरपालिकामा कार्ययोजना पेश गरेको अवस्थामा सहुलियत दरमा ब्याज, अनुदान र अन्य प्रविधिको सहयोग गरिने बताउनु भयो । तीन वर्षको बीचमा ६ सय ९० जनालाई सिपमूलक तालिम प्रदान गरिसकिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले बैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स सहि ठाउँमा खर्च नभएको बताउनु भयो । अनुपात्दक क्षेत्रमा खर्च हुँदा आर्थिक समृद्धि हासिल हुन नसक्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले बैदेशिक रोजगारमा जाँदा सिप सिक्ने र फर्किए पछि अनुभव सहित केहि ब्यक्तिहरुलाई रोजगार समेत उपलब्ध हुने गरी कार्य गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा उपप्रमुख विमला शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुमागाई, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, डिएस्पी कुमार विक्रम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु, कार्यक्रम अधिकृत विदुर गौतम, सिभिक फोरमका कार्यकारी निर्देशक बसन्त कुँवर, बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले स्थानीय सरकारले बैदेशिक रोजगारबाट फर्किएको अनुभव भए पनि काम गर्ने वातावरण नभएको भन्दै गुनासो गरेका थिए ।





