2026 April 23/ 11:47: 29am

    बनेपा/आयुर्वेद पंचकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टर प्रालिले बनेपामा रहेको योग भवनमा अनुसन्धान, बैज्ञानिक आविस्कार, आधुनिक सुविधा तथा चिकित्सा सेवा प्रणालीहरुको विकास सँगै आयुर्बेद सेवा शुरु गरेको छ । 
    आयुर्वेद चिकित्सक सिद्धन्त अनुसार रसायन, बाजिकरण, स्वस्थ प्रवद्र्धन प्रतिरोधात्मक उपचार सेवा प्रदान गर्न, रोगको प्रकृति अनुसार योग तथा ध्यान गराउन, बैकल्पीक चिकित्सा पद्धतिबाट विभिन्न रोगहरुको गुणस्तरीय रुपमा पंचकर्म थेरापिस्टहरु गरि स्वास्थ्य सेवा प्रदान गर्न, पंचकर्म सम्वन्धि पुर्व कर्महरु, प्रधान कर्म लगायतका सेवा प्रदान गर्न, अर्श(पाईल्स), भयन्दर(फिस्टुला) जस्ता समस्याहरु समाधान गर्न, आयुर्वेद औषधी, अन्य अन्य उपभोग सामान तथा खाद्य पदार्थहरु सुपथ मुल्यमा विक्री वितरण गर्ने उदेश्यले २०६९ सालमा आयुर्वेद पंचकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको अध्यक्ष ग्रुवेन तौजलेले जानकारी दिनु भयो । सोहि समयमा स्थापना गरिएको रिसर्च सेन्टरले निरन्तरता पाउन नसकिरहेको सन्दर्भमा योग भवनमा पुनः शुभारम्भ गर्न लागिएको अध्यक्ष तौजलेले बताउनु भयो । पौष १३ गते २ बजे नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले रिसर्च सेन्टरको उद्घाटन गर्नु हुने छ । 
    आयुर्वेद चिकित्सक सिद्धान्त अनुसार रसायन, बाजिकरण, स्वस्थ प्रवृद्धन प्रतिरोधात्मक उपचार दक्ष प्रशिक्षक एवं विशेषज्ञहरुबाट प्रदान गरिनेछ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तौजलेले पञ्चकर्मका फाईदाहरुका बारेमा जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनमा रिसर्च सेन्टरका सचिव प्रकाश कायश्थ, पतञ्जली योग समितिका अध्यक्ष दमन कुमार श्रेष्ठ, अन्य पदाधिकारीहरु, पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व अध्यक्षहरु भोला थापा, महेश पौड्याल लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा रिसर्च सेन्टरका कविराज सुमन सत्यालले आयुर्वेद ब्यक्तिको जीवनलाई सहज र सरल बनाउन महत्वपूर्ण हुने बताउनु भयो ।