2026 April 23/ 11:48: 38am

धुलिखेल/धुलिखेल नगरलाई नै बालमैत्री नगरको रुपमा फागुन सम्म बालमैत्री घोषणा हुने गरि तयारी अगाडि बढाएको नगर प्रमुख अशोक ब्यान्जुले बताउनु भयो । आजको बालबालिका भोलिका भबिष्य भएकोले बालबालिकामा लगानी आवश्यक रहेको व्याञ्जुले बताउनु भयो । 
ब्यान्जुले धुलिखेल नगरपालिकालाई २० बर्ष भित्रमा नेपालकै नमुना नगर बनाउने गरी काम गरिरहेको बताउनु भयो । ‘एक घर एक धारा’ अन्र्तगत २ हजार १ सय ११ घरमा धारा पु¥याईएको, खानेपानी सम्मेलन, एकिकृत खानेपानी, ४० किमी सडक नयाँ र ६ किमी सडक कालोपत्रे गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नगरका हरेक क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु भईरहेका छन् । स्वस्छ, सफा र नागरिकहरुले आर्थिक समृद्ध हुने नगरका रुपमा धुलिखेल विकास हुनेछ । पुर्ण साक्षर नगर होस वा खुला दिशामुक्त नगर, पूर्ण खोपयुक्त नगर होस वा अन्य जनसरोकारका विषयमा यस नगरले नगरबासीको उच्चतम् हितलाई सर्वोपरी मानि बिभिन्न कृयाकलापहरु सञ्चालन गर्दै आएको छ ।  धुलिखेल नगरलाई नै वालमैत्री नगरको रुपमा फागुन सम्म बालमैत्री घोषणा हुने गरि तयारी अगाडि बढाएका छौं । सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति लिएको छ, नागरिकहरुको स्वास्थ्य वीमा, बैंक खाता, कृषिमा आधुनिकीकरण, पछाडी परेको समुदाय, महिलाहरुको उत्थानका लागि नयाँ कार्यक्रम, प्रतिभा बाहिरिने क्रम रोकिएको छ, सडकमा बस्नु पर्ने मानव हुँदैनन, खान लगाउन नपाएर कसैले मर्नु पर्दैन’–‘विकासका कुरा पुँजिपतिले पैसा कमाउने मात्रै होईन, भ्रुण देखि बाचुञ्जेलसम्मका लागि हेरचाह गर्ने विकासको अभियान शुरु भएको छ ब्यान्जुले बताउनु भयो । 
 बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्येक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं १ ,२ , ८ र ९ लाई बालमैत्री वडा घोषणा गर्नको लागि घोषणा पूर्वको सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा र सिर्जनशिल समाज नेपालको सहजीकरणमा वडाहरु बालमैत्री घोषणा गर्नको लागि घोषणा पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला सञ्चालन गरिएको शर्माले बताउनु भयो । धुलिखेल नगरपालिकाको  १२ वटै वडामा बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण सम्पन्न भइसकेको छ ।  हाल  सम्म धुलिखेल नगरपालिकाको ६ वटा वडा बालमैत्री घोषणा भइसकेको छ । धुलिखेल नगरपालिकाले यो आर्थिक वर्षमा नगर नै बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । धुलिखेल नगरपालिकाले सबै वडामा बालमैत्री पार्क निर्माण गरीएको  सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले बताउनु भयो ।