उद्यम विकास साकोसको १३ आंै साधारण सभा सम्पन्न
पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारण सभाको समापन पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बन्जाराले सहकारीहरुले नगरपालिकाको सहकारी ऐन, नीति विधि नियम र सुशासन कायम राखी सञ्चालन गर्नुपर्ने बताउनु भयो । सहकारीहरुले संस्था एकीकरण्ण्लाई विशेष प्राथमिकतामा राखी अगाडी बढ्नु पर्ने बताउनु भयो । नगरपालिका भित्र १ सय ४१ सहकारी दर्ता भएका तर नगरपालिकामा जम्मा ७२ वटा मात्रै सुचीकृत भएकाले बाँकी सहकारी कस्तो अवस्थामा सञ्चालन भएका छन् नगरपालिकाले अनुगमन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने बञ्जाराले बताउनु भयो । नगरपालिका भित्र रहेका सहकारीहरुले अब क्लष्टर अनुसार मर्जमा गई नगरपालिका सँग साझेदारी गर्न आग्रह गर्नु भएको थियो । नगरको पहिलो प्रथामकिता भनेको नगरका जनताको कृषि र पशुपालनमा उत्पादन र आयमा बृद्धि गर्ने रहेकाले सहकारीहरुले त्यसतर्फ साझोदारी गरी कार्यक्रम ल्याउन समेत बञ्जाराले आग्रह गर्नु भएको थियो । नगरपालिकाले महिलाहरुको लागी विषेश विउ विजन वितरण कोष स्थापना गरेकाले सहकारीहरुले समन्वय गरी सहभागी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य प्रकाश बञ्जाराले सहकारी–सहकारी समन्वय र सहकार्यमा अगाडी बढ्नु पर्ने बताउनु भयो । अस्वस्थ प्रतिष्पर्धा भन्दा सहकार्यमा अगाडी बढेमा सदस्यहरुको बचत गरेको बचतको सहि सदुपयोग हुने बताउनु भयो । सहकारीहरुले सदस्यहरुले गरेको बचत र लगानीको पुर्ण सुरक्षाको प्रत्याभूति गराउनु पर्ने समेत बञ्जाराले बताउनु भयो । कार्यक्रममा संस्थाका सल्लहकार शिबजी सापकोटा, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतका ब्यक्तिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष रोशन श्रेष्ठले उद्यम विकासले युवा ब्यबसायमा लगानि गरेकाले कृषि क्षेत्रमा समेत थप लगानी गरिने बताउनु भएको थियो । संस्थाको आगामी उद्देश्य भनेकै अन्य नगरपालिकामा सेवा केन्द्र स्थापना गर्ने, कार्यक्षेत्र विकास गर्ने, संस्थाहरुलाई अन्य संस्था सँग मर्ज गर्ने, सदस्यहरुको आयस्तर उकास्नका लागि विभिन्न सिप तालिम प्रदान गर्ने, नगरका सबै वडामा सहकारी शिविर सञ्चालन गर्ने र सदस्यहरुलाई कृषि र पशुपालन क्षेत्रमा लगानी गरी आयस्तर बृद्धि गर्ने रहेको श्रेष्ठले बताउनु भयो । श्रेष्ठले संस्थाले कोरोना महामारीमा समेत सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको बताउनु भयो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब ऋषिराम सापकोटाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष विमल कार्कीले सभामा प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी संस्थाको लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक सहकुल बस्नेतले सभामा प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष २०७६÷७७ सम्म संस्थामा हाल ३ हजार ६ सय सदस्यहरु, संस्थाको शेयर पुंजी ३ करोड ८ लाख ९७ हजार, कुल निक्षेप ३१ करोड ८० लाख ९६ हजार, ऋण लगानी २९ करोड ५ लाख, कुल पुजीं ३७ करोड ४३ लाख ६ हजार रहेको जनाएको छ । सहकारीको साधारण सभा कोभिड १९ को मध्यनजर राख्दै सुरक्षा मापदण्ड अपनाई मंसिर २० गतेबाट शुरु भई २७ समापन गते समापन भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । फोटो
चण्डेश्वरी साकोसको नाफा २ करोड ८४ लाख ९ हजार
बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको २८ आंै वार्षिक साधारण सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सापकोटाले कोभिड महामारीमा समेत सहकारीहरुले आर्थिक एवं सामाजिक गतिबिधीहरुलाई निरन्तर राखेकोमा धन्यबाद दिएका थिए । नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको हुदाँ छरिएर रहेका स–सानो पुँजीलाई संकलन गरी सदस्यहरुको आर्थिक समस्या माथी उठाउन सहकारीको भरपर्दाे माध्यम रहेको सापकोटाले बताउनु भयो । कोभिड १९ महामारी विरुद्धको अभियानमा सहकारी अभियानले सदस्यहरुको रक्षाका लागी र सदस्य केन्द्रित व्यवसायिक गतिविधि गर्दै परिणाममुखी कार्यहरु गरी संस्थाले सदस्यका आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय लक्ष्य हासिल गरेकोमा संस्थालाई सापकोटाले धन्यबाद दिनु भएको थियो । गरिबी न्युनिकरण लैङ्गिक समानता र सामाजिक सद्भाव कायम राखी देशकै समग्र आर्थिक विकास गर्न रोजगारी सिर्जना गरी सदस्यहरुको आय स्रोत बढाउन सहकारीहरु लाग्नुपर्ने सापकोटाले बताउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि.का अध्यक्ष विनोद पराजुली, काभ्रे पलाञ्चोक जिल्ला बचत संघका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद अधिकारी सल्लाकार बालभक्त प्रधान लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष विकास बादेले संस्थालाई समुदायमा आधारित उत्कृष्ट संस्था बनाउनका लागी नेफ्शकुनले सञ्चालन गर्दै आएको एसियाली ऋण महासंघबाट प्रतिपादित एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी भई गत वर्ष मात्र ब्रोन्ज बाण्ड प्राप्त गर्न सफल भएको बताउनु भएको थियो । सहकारीले सदस्यहरुको सेवा सुविधाहरुलाई छिटो र छरितो बनाउनका लागि आधुनिक प्रविधिको सफ्टवेयरलाई अपग्रेड गरी संचालनमा ल्याएको, आधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रदान गरिएको, एटिम, मोबाईल बैंकिङ्ग, समेत संचालनमा ल्याएको बादेले बताउनु भयो । त्यसैगरी संस्थाले सदस्यहरुका लागि स्वास्थ्य उपचार राहत, अनुदान संरक्षित पुजीं फिर्ता, महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण सदस्यहरुलाई ब्यवसायमा पर्न गएको क्षतिमा राहत प्रदान लगायतका कार्य गर्दे आएको बादेले बताउनु भयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सह–सचिव रमेशकाजी श्रेष्ठ आर्थिक प्रतिवेदन कोषाध्यक्ष नविनभक्त वादेले सभामा प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक सुरेन्द्र प्रजापतिले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल सम्पत्ति १ अर्ब ७ करोड ५८ लाख ६५ हजार, कुल आम्दानी ११ करोड ९४ लाख ८ हजार, मुनाफा २ करोड ८४ लाख ९ हजार रहेको छ । संस्थाको शेयर पूँजीं १० करोड ४९ लाख ३ हजार, बचत संकलन ८० करोड ७४ लाख ९८ हजार, ऋण लगानी ७४ करोड ६१ लाख ९३ हजार रहेको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष जयओम बादेले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व अध्यक्ष विकास बादेले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन शिक्षा समिति सदस्य रिता बादेले गर्नु भएको थियो ।
सम्बृद्ध काभ्रे कृषि सहकारीको सातौं वार्षिक साधारण सभा
बनेपा/सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष, कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष एवं जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष पुरुषोत्तम हुमागाईंले संस्थाले आर्थिक वर्ष २०७६/७७ मा थालेका ९० प्रतितशत काम पूरा भएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले संस्थाले कृषिको क्षेत्रमा गरेका काम सराहनीय रहेको, चक्लाबन्दी खेतिको काम गरेको र समुहगत रुपमा सदस्यहरुलाई तालिम दिईरहेको बताउँदै जिल्ला सहकारी संघ सम्वृद्ध काभ्रे कृषि सहकारी संस्थासँग सहकार्य गर्न तत्पर रहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका कार्यकारी संचालक जयराम सिग्देलले कृषि क्षेत्रमा क्रियाशील सम्वृद्ध काभ्रे कृषि सहकारीले चालू आर्थिक वर्षमा एक सय रोपनीमा चक्लाबन्दी खेति, खाडी मुलुकमा तयारी तथा खाद्य उपज निर्यात, आलुको ग्रेडिङ तथा प्याकेजिङ, महिला सदस्यहरुका लागि सीपमूलक सिलाई कटाई तालिम गराईरहेको र चालू आर्थिक वर्षमा सयभन्दा बढीलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ का अध्यक्ष बलराम अधिकारीले सहकारी संस्थाहरुले स्थानीय सरकारसँग समन्वय गरि काम गर्नुपर्ने बताउँदै सम्वृद्ध काभ्रे कृषि सहकारीसँग सहकार्य गर्न, आवश्यक सहयोग गर्न पालिका तयार रहेको बताए ।
पिपुल्स साकोसमा निरनको नेतृत्व
बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्थालिको १४ औं साधारणसभा बाट निरन शाक्यका अध्यक्षतमा नयाँ कार्यसमिती चयन भएको छ ।
संस्थाको उपाध्यक्षमा उपाध्यक्ष पवन राज कर्णजीत,सचिव देवेन्द्र श्रेष्ठ, कोषाध्यक्ष सन्तोष कुमार घिमिरे,सह–सचिव सुमन श्रेष्ठ, सह–कोषाध्यक्ष सरोज श्रेष्ठ सदस्यहरुमा मञ्जु कायस्थ, कपिल प्रसाद दुलाल,रामचन्द्र भोछिभोया, द्वारीका गौतम, रिजना भण्डारी रहनुृ भएको छ । त्यसै गरी लेखा सुपरिवेक्षण समिति संयोजकमा रजिव श्रेष्ठ सदस्य ऋषिराम गौतम र नवराज तिमलिल्सना रहनु भएको छ ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब पवनराज कर्णजित आर्थिाक प्रतिबेदन कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७६/०७७ को कुल सम्पत्ती २६ करोड १५ लाख, शेयर पुजीं २ करोड ५० लाख, बचत २१ करोड २० लाख, ऋण लगानी १९ करोड कुल सदस्य ५ हजार ३ सय १२ रहेको जनाएको छ । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक रामचन्द्र भोछिभोयोले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साधारणसभा मंसिर २० गते देखि शुरु भई सम्म संचालन भएको वताईएको थियो । समापन कार्यक्रम संस्थाका अध्यक्ष नवराज केसी को सभापतित्वमा भएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहाकार राजन सापकोटा, संचालक समिति, लेखा समिति र उप समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति नवराज केसीले सहकारीको उद्देश्य, सदस्य केन्द्रित निरन्तर सेवा, कोरनाको विषम परिस्थितीमा पनि संस्थाले उपयुक्त लक्ष्य हासिल गर्न सफल रहेको आगामी दिनमा अझै सफल हुने विश्वास ब्यक्त गर्नु भएको थियो । सदस्यहरुको सेवा सुविधाका लागी सहकारीले सेवा केन्द्रहरुमार्फत उपस्थिती गराईएको प्रवन्धक नवराज सापकोटाले बताउनु भयो । कोरनाका समयमा सदस्यहरुलाई सहकारीले विशेष छुट तथा सेवा सुविधा प्रदान गरेको, संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दे आएको, संस्थाको सेवा केन्द्र चादँननीचोकमा रेहको र आगामी दिनमा अन्य स्थानिय तहमा सेवा विस्तार गर्ने र एकिकरणको प्रक्रियालाई प्राथमिकतामा राखेको सापकोटाले बताउनु भयो । सहकारीको एनेन र विनिययमा अनुसार सहकारी सञ्चालन गरेको सापकोटाले बताउनु भयो ।
युवा साकोसले बाड्यो न्यानो कपडा
बनेपा/युवा बचत तथा ऋण सहकारी संस्थालिले उग्रतिर्थ महादेव मन्दिरको वरपर बस्ने मजदुरलाई न्यानो कपडा वितरण गरेको छ ।
संस्थाका अध्यक्ष उदयराम कायस्थले सहकारीको सामाजिक दायित्व अन्र्तगत जाडो मौसमा उक्त मन्दिर आसपासस बस्ने मजदुरहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो । संस्थाले विगतका वर्षहरुमा समेत मजदुरहरुलाई रिक्सा, खाध्यन्य आर्थिक सहयो गर्दे विभिन्न सामाजिक कार्य गर्दे आएको कायस्थले बताउनु भयो । कृषकहरुको माटो परिक्षण, रक्तदान, आँखा शिबिर सहकारी शिबिर लगाएतका कार्यगर्दे आएको र आगामी दिनमा समेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउनु भएको थियो । उक्त कार्यक्रममा सहकारी संस्थाका पधादिकारी, सञ्चालक समिती कर्मचारी लगाएतको सहभागिता रहेको प्रमुख ब्यबस्थापक निश्चल सापकोटाले वताउनु भयो ।





