2026 April 23/ 10:16: 36am

बनेपा/सेईसिनकाईन कराते सघं भैसेपाटि शाखाले बनेपा नगरपालिका ११ सिनागालमा रहेका अति विपन्न ३७ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । 
सघंका राजेन्द्र थापाले विपन्न परिवारलाई चामल १ बोरा, दाल, नुन, चिनी, तेल लगाएतका खाद्य सामाग्री वितरण गरिएको बाताउनु भयो । थापाले आवश्यक परिवारलाई ब्लाङकेट सहित वितरण गरिएको बताउनु भयो । युवाहरुलाई खेल सगै सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सामाग्री वितरण गरिएको बताएको छ । कोरनाका कारण काम जान नसकेका र बैदेशिक रोजगार गुमाएका परिवारलाई राहत वितरण गरिएको थापाले बताउनु भयो । आगामी दिनमा समेत खेल सगै सामाजिक कार्यहरु गर्दै जाने थापाले बताउनु भएको छ ।