बनेपा/बनेपा नगरपालिका वडा नं ७ मा भववान बुद्धको मन्दिर अर्थात दिपंकर घर निमार्णको शिल्यान्यस गरिएको छ ।
बनेपा नगरपालिका वडा नम्बर ७ कावडा अध्यक्ष बर्ण शाक्यले एक कार्यक्रमका विच उक्त घरको शिल्यान्यास गर्नु भएको छ । शाक्यले सबै जात जाती धर्म र संस्कृतीको संरक्षण र जर्गेना गर्ने सबैको दायित्व भएकाले आफ्नो परमपरा अनुसार चल्नु पर्ने बताउनु भयो । विकास भनेको सडक बन्नु मात्रै नभएकाले जनताको धर्म र संस्कृतिको संरक्षण हुनु पनि विकास भएको शाक्यले वताउनु भयो । शाक्यले आफु निर्वाचित भएपछि वडाले विकास निमार्णमा धेरै फड्को मारेकाले अबको २ वर्षमा ९९ प्रतिशत सम्पन्न हुने बताउनु भयो । वडाले सबै वर्गलाई कार्यक्रमहरु समेटेकोले सहभागि हुन वडा बासीहरुलाई आग्रह गर्नु भएको छ । उक्त दिपंकर घर निमार्णका लागी वडा कार्यलबाट १० लाख र उपभोक्ता बाट सहभागिता गराई ५० लाखमा सम्पन्न हुने उपभोक्ता समितीका अध्यक्ष अष्टरत्न शाक्यले वताउनु भयो । घर बनेपा नगरपालिका पुरनोबजारमा बन्ने भएको छ ।





