2026 April 23/ 10:16: 34am

उद्धब प्रसाद अधिकारी/पाँचखाल
पलाञ्चोक भगवती माध्यामिक विद्यालयको ४८ औ वार्षिक उत्सब पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  छ । 
कार्यक्रममका अतिथी कोईरालाले कोरनाको माहामारीका बिच विद्यालयहरु सञ्चालन गरिएकाले स्वास्थ्य मापदण्ड अपानाएर मात्र सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । वालिबालिकाहरुको स्वास्थ्यमा ध्यान दिई कक्षाहरु सञ्चालन गर्नु पर्ने कोइरालाले वताउनु भयो । नगरपालिकाले तोकेको मापदण्ड अनुसार सामुदायीक तथा संस्थागत विद्यालयहरुले शैक्षिक शुलक, स्वास्थ्य मापदण्ड पुरा गरे नगरेको नगरपालिकाले अनुगमन गरिरहेको बतानु भएको थियो । विद्यार्थिहरुको भविरशय नविग्रीसियोस भनेर नगरपालिकाले भौतिक दुरी र स्वास्थय मापदण्ड अपनाई कक्षा सञ्चालन गर्न अनुमति दिएको समेत कोईरालाले बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक वेगवहादुर थापाले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरण श्रेष्ठ, शिक्षक शंखलाल श्रेष्ठलगाएतका ब्यक्तिहरुले शुभकामना मन्तबय राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक छात्रा बृत्ति वितरण, सास्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तबय शिक्षक भिम प्रसाद उप्रेतिले राख्नु भएको थियो भने सभापतित्व विद्यालय ब्यबस्थापन समिती अध्यक्ष उज्वल श्रेष्ठले गर्नु भएको थियो ।