2026 April 23/ 10:16: 34am

    बनेपा/नेपाल उद्योग बाणिज्य संघको केन्द्रिय कार्यकारिणी समितिमा निर्वाचित काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं सल्लाहकार सुरकृष्ण बैद्यलाई काभ्रे युवा उद्यमी मञ्चद्वारा सम्मान गरेको छ । अध्यक्ष सरोजकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैद्यलाई जिल्ला र राष्ट्रकै नाम उचो हुने गरी उद्योगी ब्यवसायीको पक्षमा काम गर्न सहभागिहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
    कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, युवा संयोजक एवं बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, महासचिव एवं युवा उद्यमी मञ्चका संस्थापक अध्यक्ष कैलाश पलाञ्चोके, पत्रकार शंकर अधिकारी लगायतले बैद्यलाई शुभकामना तथा बधाई ब्यक्त गरेका थिए । कार्यक्रम महासचिव सुरेन्द्र शुद्धाकारले संचालन गर्नु भएको थियो ।