2026 April 23/ 10:17: 41am

बनेपा/बनेपा नगरपालिकाले जिल्ला ट्राफिक कार्यालयलाई ल्यापटप १ थान र प्रिन्टर १ थान हस्तान्तरण गरेको छ । 
नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले ट्राफिक प्रमुख विशाल तामाङलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुख वादेले ट्राफिक कार्यालयलाई कार्य सम्पादन गर्नका लागी सहज होस भनेर उक्त सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । बनेपा नगरपालिकामा यातायात सवारी साधन बढ्दै गएकाले ट्राफिक ब्यवस्थापन जटिल बन्दै गएकाले उक्त बजारी क्षेत्रमा ध्यान दिन आग्रह गर्नु भएको थियो । ट्राफिक ब्यबस्थापनमा नगरपालिकाले सहयोग गर्ने वादेले बताउनु भएको थियो । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले पछिल्लो समय ट्राफिक उल्लंघन गर्ने बढेकाले कानुनि कारवाहि गरिने वताउनु भयो । तामाङले सवारी अब्यबस्थित पार्किङ, जनशक्तिमा कमि रहेकाले चुनौती बढ्दै गएको बताउनु भयो । हस्तान्तरण कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज पौड्याल, जनसंम्पर्कि अधिकृत जुजुभाई सुद्धाकार लगायतको उपस्थित रहेको थियो ।