2026 April 23/ 10:17: 35am

आवर स्ट्याण्डर्ड साकोसको आठौं वार्षिक साधारण सभा 
बनेपा/आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लि.को आठौं वार्षिक साधारण सभा मंसिर १९, २० र २१ गते संस्थाको कार्यालयमा संस्थाका संस्थापक सल्लाहकार एवं समाजसेवी बुद्ध भक्त रंजितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ  ।
 कार्यक्रम संस्थाका अध्यक्ष रत्नकुश रंजितको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाले कोभिड १९ को महामारी बिच शेयर सदस्यलाई पु¥याउनुपर्ने सेवा सुविधामा कुनै कमि हुन नदिएको र आगामी दिनमा समेत निरन्तरता दिइने संस्थाका अध्यक्ष रंजितले बताउनु भएको थियो । संस्थाको आर्थिक कारोबार  संस्थाका कोषाध्यक्ष सर्जु कुमार रंजितले प्रतिवेदन पेश गर्नु भएको थियो संस्थाका वार्षिक प्रतिबेदन सचिव दिपेश रंजितले पेश गर्दै संस्थाका नियमित कामहरु र प्रगतिको विषयमा जानकारी गराउनु भएको थियो । 
संस्थाले आर्थिक वर्ष २०७६÷०७७ सम्ममा २ हजार १ सय ७६ जना शेयर सदस्यलाई सेवा दिइरहेको र आगामी दिनमा संस्थाले सदस्यता वृद्धिमा ध्यान दिदै जाने प्रबन्धक राजाराम घोरसाइनेले कार्यक्रममा बताउनु भयो । कार्यक्रममा सदस्य हित कोष सुविधालाई आगामी दिनमा अझ धेरै शेयर सदस्य माझ लानु पर्ने र सहकारी संस्थाले सेवा दिने कुरा कुनै कन्जुस्याई नरहेको उपाध्यक्ष ठाकुर बजगाईले बताउनु भयो । 
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक सुदिना रंजितले आन्तरिक लेखा परिक्षण प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको प्रयोग गरी सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको थियो ।  संस्थाको शेयर पुजीं ८० लाख कारोबार ५० करोड निक्षेप १० करोड रहेको जनाएको छ ।

प्रतिष्ठा कृषि सहकारी संस्था लिको ९ औ साधारण सभा
पाँचखाल/प्रतिष्ठा कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पाचँखाल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी अधिकारीले सहकारीले कृषि क्षेत्रमा थप लगानी गरी सदस्यहरलाई आर्थिक क्षेत्रमा उकास्नका लागी भुमिका खेल्नुपर्ने बताउनु भयो । नाम अनुसारको काम गरी सदस्यहरुको आय स्तर उकास्न सहकारीको ठुलो भुमिका रहने भएकाले सदस्यहरलाई आधुनिक कृषि गरी आयस्तर बढाउन आग्रह गर्नु भएको थियो । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष ज्ञानी बहादुर थापाले संस्थाले सदस्यहरुका लागी बचत तथा ऋणको कारोबार सगै ढुटो, दाना, दुध, रासायनिक मल तरकारी बाली बिमा, पशुधन विमा जस्ता कार्यहरु गर्दैे आएको बताउनु भयो । सदस्यहरुलाई नेतृत्व विकास तालिम, सिपमूलक तालिम, कृषि तथा पशुपालन तालिम, कृषि यन्त्र वितरण वोयर जातका बोका वितरण लहरे बाली तथा कृषि ऋण प्रबाह गर्दे आएको थापाले बताउनु भयो । 
साधारण सभा कार्यक्रममा संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सिताराम अधिकारीले प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुंजी १ करोड ४९ लाख ६८ हजार, बचत निक्षेप २ करोड ९५ लाख  ६३ हजार, ऋण लगानी ४ करोड २३ लाख १६ हजार रहेको जानकारी दिईएको थियो । कार्यक्रम प्रमुख ब्यबस्थापक सुमन बाँनियाले सञ्चालन गर्नु भएको थियो । 

प्रगतिशिल बहुउदेश्यीय सहकारीको २१औ सभा 
उद्धब प्रसाद अधिकारी/पाँचखाल 
प्रगतिशिल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ आंै वार्षिक साधारण सभा वागमती प्रदेश दुग्ध उत्पादक विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिका बल्धब सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथी सापकोटाले बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको हक र हितमा काम गर्नुपर्ने बताउनु भयो । पाँचखाल नगरपालिका आफैमा कृषि सहर भएकाले सहकारीले कृष्ाि क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो । सहकारीले उत्पादन र कृषी क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आधुनिक कृषि प्राणलीमा लगानी गर्नुपर्ने बताउनु भयो । सहकारीले धेरै क्षेत्रमा काम गरेकाले अझै यसको क्षेत्र विस्तार गरी सदस्यहरुलाई कसरी हुन्छ बढी भन्दा बढी लाभ दिनुपर्ने सापकोटाले बताउनु भयो । 
कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन संस्थाका सचिव सरोज न्यौपाने र आर्थिक प्रतिबेदन कोषाध्यक्ष विमला शर्मा अधिकारीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पूँजी १ करोड ८८ लाख ६ हजार जगेडा कोष १ करोड  २७ लाख ८४ हजार, निक्षेप हिसाब ७ करोड ३८ लाख ५६ हजार ऋण लगानी ९ करोड ८६ लाख १३ हजार रहेको जनाएको छ । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, ४ का वडा अध्यक्ष सुन्दर लामा, ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, ६ का वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल नगरपालिका कृषी विभाग प्रमुख इश्वर अधिकारी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सहकारीको बारेमा संस्थाका प्रवबन्धक युवराज अर्यालले सहकारीका गतिविधीका बारेमा बताउनु भएको थियो । सहकारी बहुउद्देश्यीय भएकाले सदस्यहरुको सुविधाका लागी  मिनिमार्ट सञ्चालन गर्दे आएको, कृषि उत्पादनमा ऋण लगानी गरी सदस्यहरुको आयस्तरमा बृद्धि गर्न सहयोग पु-याएको बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष केशब प्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।                

उद्यम साकोसको १३ औ सभा
पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारण सभाको शुभारम्भ पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारीले गर्नु भएको छ । 
अधिकारीले सहकारीहरुले नगरपालिकाको सहकारी ऐनलाई टेकेर कोभिड–१९ लाई पालना गर्दे साधारण सभा सम्पन्न गरेकोमा धन्यबाद दिनु भएको थियो । सहकारीहरुले नगरपालिकाको नीति नियम अन्र्तगत रहि एकिकरणमा समेत विशेष ध्यान दिनुपर्ने बताउनु भयो । बाहिर एउटा र भित्री अर्काे हिसाब किताब राख्ने सहकारीहरु छानविन गरी कार्वहिको दायरामा ल्याउने अधिकारीले बताउनु भयो । उद्यम विकासले युवा ब्यबसायमा लगानि गरेकाले कृषि क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्नु भएको थियो । नगरपालिकाले सहकारीहरुसँगं समन्वय गरी ब्यबसायमा सहयोग गर्ने बताउनु भयो । 
कार्यक्रममा संस्थाका सल्लाहाकार शिबजी सापकोटा उपाध्यक्ष सुनिल सुन्दर संैजू लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठले संस्थाले कोरोना महामारीमा समेत १५ प्रतिशत सदस्यहरुलाई लाभांस वितरण गर्न सफल भएको वताउनु भयो । संस्थामा हाल ३ हजार ६ सय सदस्यहरु रहेका, संस्थाको शेयर पुंजी ३ करोड ८ लाख ९७ हजार, कुल निक्षेप ३१ करोड ८० लाख ९६ हजार ऋण लगानी २९ करोड ५ लाख रहेको श्रेष्ठले वताउनु भयो । सहकारीको साधारण सभा मंसिर २० गतेबाट शुरु भई २७ गते गते सामापने हुने अध्यक्ष रोशन श्रेष्ठले वताउनु भयो । 

हिमकाली साकोसमा शिव आचार्यको नेतृत्व 
    बनेपा/हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड र समाज सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारीको विशेष साधारण सभाबाट हिमकाली बचत तथा ऋण सहकारी संस्था बनेको छ । 
    विशेष साधारण सभाबाट शिबप्रसाद आचार्यको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा अर्जुनप्रसाद बजगाई, द्वितिय उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, सचिव अनन्त सत्याल, कोषाध्यक्ष हरिदेव सिग्देल, सह–सचिव राजेन्द्र प्रसाद हुमागाई र सदस्यहरुमा मन्दिप रेग्मी, मधुकृष्ण श्रेष्ठ, उत्तम आचार्य, हरिप्रसाद हुमागाई, उज्वल खनाल, रेखा अधिकारी र सावित्री आचार्य रहनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा श्रीराम शर्मा, सदस्यमा श्यामकृष्ण श्रेष्ठ र अरुण पाण्डेय रहनु भएको छ । एकीकरण विशष्ो साधारण सभाको अध्यक्षता तदर्थ सञ्चालक समतिका अध्यक्ष शिबप्रसाद आचार्यले गर्नु भएको थियो । 
कार्यक्रममा सहकारी ऐन अनुसार सहकारीहरुलाई एकिकरण गरिएको आचार्यले बताउनु भयो । संख्यालाई भन्दा गुणस्तरीयतालाई ध्यानमा राखी संस्थाले एकिकरणको निती लिएको आचार्यले बताउनु भयो । संस्था एकीकरण पछि संस्थाको मुख्य कार्यालय पनौती नगरपालिका वडा नम्बर १० शंखुमा र सेवा केन्द्र धुलिखेल नगरपालिका वडा नम्बर ९ तथा बनेपा नगरपालिकामा रहेको बताएको छ । संस्थाको कुल शेयर पुजीं १ करोड ४० लाख कुल कारोबार ११ करोड ४२ लाख कार्य क्षेत्र काभ्रे जिल्लाभर रहेको छ । 
कार्यक्रममा पूर्व हिमालय कालिदेवी साकोसका पूर्व अध्यक्ष रामकृष्ण हुमागाई, समाज सेवा साकोसका पूर्व अध्यक्ष अर्जुन बजगाई, जिल्ला सहकारी संघका सञ्चालक सदस्य यदुनाथ हुमागाई लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । 
    कार्यक्रममा स्वागत मन्तब्य तदर्थ समितीका द्धितिय उपाध्यक्ष कृष्णप्रसाद शर्माले राख्नु भएको थियो भने सञ्चालन सचिव अनन्त सत्यालले गर्नु भएको थियो । 

ज्योति मिर्मिरेमा पुनः उद्धबको नेतृत्व 
    पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारीको २१ औं वार्षिक साधारण सभा तथा जन्म ज्योती महिला बहुउद्देश्यीय सहकारीको संयुक्त साधारण सभाबाट पुनः उद्धब सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ । 
    संस्थाको उपाध्यक्षमा कान्छी मैया थापा, सचिव दिपकप्रसाद दाहाल, कोषाध्यक्ष पूर्णराम तुलाधर, महिला सदस्य रिता थापा, सुशिला पौडेल, शोभा हाडा राजभण्डारी, लोकेन्द्र कुमार सापकोटा, डाकबहादुर कार्की, पवित्रा सापकोटा तिमल्सिना, जयराम मानन्धर, सुर्य कुमारी तामाङ, राम प्रसाद तिमल्सिना, कुमार केसी र रामहरी दाहाल रहनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी, सदस्य बासुदेव सुवेदी र शिला आचार्य (कोईराला) निर्वाचित हुनु भएको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गर्नु भएको थियो । कँडेलले कोरोनाको महामारीका विच समेत सुरक्षित रुपमा साधारण सभाहरु धमाधम सम्पन्न गरेकोमा धन्यबाद दिनु भएको थियो । बागमति प्रदेश सरकार सहकारी विभाग मन्त्रायलले जारी गरेको सहकारी ऐन अनुसार सहकारीहरुले साधारण सभाहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो । राज्यले समेत सहकारीलाई कोरोनाको माहामारीमा परेको समस्यालाई सम्बोधन गर्नुपर्ने कँडेलले बताउनु भयो । सहकारीहरुले सदस्यहरुको हितमा काम गरी ब्यबसायीक क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो । सदस्यहरुलाई सिप प्रदान गरी रोजगारमुलक आय प्रदान गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रमका विशेष अतिथी राष्ट्रिय सहकारी महासघंका सञ्चालक तथा उद्योग वाणिज्य महासघंका कार्यकारीणी सदस्य डिबि बस्नेतले सहकारीहरु एकीकरणको राम्रो सुरुवात भएको बताउनु भयो । सहकारी ऐन अनुसार सहकारीको गुणस्तरीयता बढाउदै एकिकरणलाई अझै जोड दिनुपर्ने बताउनु भयो । हामीले संख्या भन्दा क्वालिटी दिई सदस्यहरुलाई कसरी बढि भन्दा बढि सेवा दिन सकिन्छ त्यसतर्फ सहकारीले ध्यान दिनुपर्ने बस्नेतले बताउनु भयो ।     कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले नगरपालिकाले सहकारी सम्बन्धि नीति नियम जारी गरेकाले सोहि अनुसार सहकारीहरुले कोरोनाको समयमा समेत साधारण सभा सम्पन्न गरेकोमा धन्यबाद दिनु भएको थियो । आर्थिक क्षेत्रमा सहकारीको ठुलो योगदान रहेकाले नगरपालिकाले गर्ने कार्यमा सधै सहकारीको पक्षमा नै रहेको बताउनु भयो । 
कार्यक्रममा सहकारी एकीकरण पश्चात संस्थाको कुल शेयर निक्षेप ६ करोड २० लाख, जगेडा कोष ३ करोड ४० लाख, कुल कारोबार ७५ करोड रहेको सभामा जानकारी दिईएको थियो । संस्थाको आर्थिक बर्ष २०७६÷०७७ आर्थिक प्रतिबेदन कोषाध्यक्ष पूर्णराम तुलाधर वार्षिक प्रतिवेदन सचिव दीपक प्रसाद दाहाल र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन भिमसेन केसीले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका ठाडोबाटो सेवा केन्द्र, ज्याचिटी, बनेपा, कुशादेवी, बेथान्चोक, जन्मज्योति, र रोशि बचत संकलन केन्द्र रहेको र आगामी वर्ष पाँचखाल नगरपालिकामा सेवा केन्द्र सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनु भयो । सहकारीले सदस्यहरुको हितका लागी दुलही स्वागत कार्यक्रम, मृत्यु राहत कार्यक्रम, पशुवाली विमा, सदस्य स्वास्थ्य तथा राहत कार्यक्रम, निःशुल्क स्वास्थ्य परिक्षण, नविनतम् प्रविधि विकास, कर्मचारी क्षमता अभिबृद्धि तालिम, मोबाईल तथा कम्प्युटर मर्मत तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको दाहालले बताउनु भयो । 
    सहकारी सदस्यहरुको हितका लागि कृषी, र व्यबसायको लगानीमा जोड दिदै कृषकहरुलाई आधुनिक कृषी प्रणाली मार्फत उत्पादन बढाई आय बृद्धिका लागी सहयोग गर्दै आएको बताउनु भयो । कार्यक्रममा यस वर्षको उत्कृष्ट सदस्य अवार्ड पनौती नगरपालिका उप–प्रमुख गीता बन्जारालाई प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, शेयर खरीदकर्ता, बाल सदस्य, उत्कृष्ट कर्मचारी सुनिता हुमागाई तिमल्सिनालाई सम्मान गरिएको थियो । 
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्ध सिं थापा, १२ नम्बर वडा अध्यक्ष ईश्वर जंगम, काभ्रे पलाञ्चोक जिल्ला बचत संघका प्रथम उपाध्यक्ष ईन्द्र प्रसाद अधिकारी, जिल्ला बारका पूर्व अध्यक्ष कृष्ण प्रसाद सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष कान्छीमैया थापाले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष उद्धब सापकोटाले गर्नु भएको थियो ।

 

l/nfoG; kmfOgfG; lnld6]8 afx|f}+ jif{df

        ag]kf÷g]kfn /fi6« a+}saf6 ‘u’ au{sf] ljQLo sf/f]af/ ug]{ Ohfht k|fKt l/nfoG; kmfO{gfG; lnld6]8 P3f/ aif{ k"/f ul/ afx|f}+ aif{df k|j]z u/]sf] 5 .

        ;+:yfsf] aflif{s pT;jsf] cj;/df ;+:yfsf cWoIf s'zk|;fb dNnn] ;+:yfsf] gofF bzj6f zfvf sfof{nox? l;tfkfO{nf zfvf, wgu9L zfvf, dx]Gb|gu/ zfvf, sf]xnk'/ zfvf, cQ/Lof zfvf, bds zfvf, ljtf{df]8 zfvf, w'nfaf/L zfvf, 6fF8L zfvf / e}/xjf zfvfsf] l8lh6n dfWodaf6 ljlwjt ?kdf pb\3f6g ug'{ ePsf] lyof] .

;+:yfsf] k|b{zgLdfu{ sf7df08f} l:yt d'Vo sfof{no / @) j6f zfvf sfof{nox?n] ;]jf k'¥ofpFb} cfPsf] hfgsf/L lbO{Psf] lyof] . ;+:yfsf]  clws[t k"FhL ? ! ca{, hf/L k"FhL+ ?=*# s/f]8 @$ nfv !^ xhf/, shf{ $ c/a !* s/f]8 lgIf]k % c/a ^) s/f]8 /x]sf] 5 . sfo{qmdsf cj;/df ;+:yfn] æ;+:yfut ;fdflhs pQ/bfloTjÆ cGt{ut ljkGg ju{sf nflu lzIff tyf :jf:Yodf tyf To:tf If]qdf ;+nUg tyf lqmofzLn ;+:yfx?sf] nflu ;xof]u ul/ ;fdflhs sfo{df ;xeflutf hgfpg] qmddf sf7df08f} lhNnf ;nDa'6f/ ;fFv', sf7df08f} l:yt åGå kLl8t tyf ckfË ;dfh–g]kfndf cfl>t ul/a tyf lgd'vf 3/af/ ljlxg ;':t dgl:ylt ePsf afnaflnsfnfO{ cfjZos kg]{ ef}lts ;fdfu|L ljt/0f ug]{ tyf nfoG; Sna O{G6/g]zgn #@%, nfoG; Sna sf7df8f+} o'gfO{6]8 ;]G6«n;Fusf] ;xsfo{df dfO{tL g]kfn sf7df8f+}nfO{ nQfsk8f ;fdfu|L ljt/0f ug]{ sfo{ ;DkGg u/]sf] 5 .

        sfo{qmddf l/nfoG; kmfOgfG; ln=sf cWoIf s'zk|;fb dNnL, ;+rfns ;'/s[i0f a}B, ;+rfns /lj s[i0f >]i7, ;+rfns pk]Gb| axfb'/ sfsL{, ;+rfns t'N;L k|;fb a/fn, ;+:yfsf k|d'v sfo{sf/L clws[t clgn >]i7 / pk k|d'v sfo{sf/L clws[t ;dfh k|sfz >]i7n] pQm ;xof]u ;fdu|L x:tft/0f ug'{ eosf] lyof] . ;+:yfn] ;b:ox?sf nfuL P;l6;L g]6js{ Pl6d, ljleGg /]dL6]G; ;]jfx?, ;L cf:jf -C –ASBA) , IPS , Connect IPS ;]jf, ABBS ;]jf, Electronic Cheque Clearing (ECC),  SMS Banking, SCT MoCo (Sajilo Payments, Sajilo Life apps) ;]jf, ?= # nfv ;Ddsf] lgIf]ksf] ljdf u/]sf] 5 . pQm cj;/df ;+:yfn] ljleGg ;/sf/L u}/ ;/sf/L tyf lghL sDkgLx?df sfo{ ug]{ sd{rf/Lx?sf] ;'ljwfsf] nflu pRrtd k|ltkmn Qm Reliance Swabhalambhi Payroll Savings Account ;+rfng u/]sf] 5 . o; vftfaf6 b]zsf ljleGg If]qdf cfa4 /xL sfo{ ug]{ ljleGg txsf sd{rf/Lx?n] o; ;+:yfdf ;+:yfut ?kdf tnaL vftf jf :jod\n] JoQmLut ?kdf vftf vf]nL sf/f]af/ ug{ ;Sg] hgfPsf] 5 . vftfjfnfx?nfO{ ;+:yf / ;u/dfyf O{G:of]/]G; sDkgL ln= sf] ;xsfo{df ?=# nfv ;Ddsf] b'3{6gf ljdf tyf ljleGg !* j6f hl6n /f]usf] nflu ?= ! nfv ;Ddsf] ljdf pkrf/ ;'ljwf tyf aflif{s & k|ltztsf b/n] Jofh kfpg'sf ;fy} lg z'Ns SCT Network ATM sf8{, ABBS ;]jf,  SMS Banking, ;d]tsf ;'ljwf kfpg] 5g\ . vftfjfnfx?n] shf{ lnbf+ ;]jf z'Nsdf 5'6 ;d]t kfpg] 5 . ;+:yfn] lgIf]k tyf shf{sf cltl/Qm ;]jfu|fxLx?nfO{ SCT Network ATM, ljleGg /]dL6]G; ;]jfx?, ;L cf:jf (C –ASBA) , IPS , Connect IPS ;]jf, ABBS ;]jf,   Electronic Cheque Clearing (ECC) ,  SMS Banking,  SCT MoCo (Sajilo Payments, Sajilo Life apps) ;d]tsf ;]jf k|bfg ub{}{ cfPsf]  5 .