2026 April 23/ 10:17: 42am

धुलिखेल/अपांगता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय अपांगता दिवस २०७७ नेपालका विभिन्न ठाउँहरुमा विभिन्न किसिमका कार्यक्रमहरु गरी मनाईएको छ । 
अपांगता भएकाहरुको मानव अधिकारको विषयमा वकालत गर्दै उक्त दिवस मनाउने गरिन्छ । यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल नारा सहित सो दिवस मनाइएको छ । यसै साथ फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउन रोटरी क्लब अफ धुलिखेलको नेतृत्वमा २९ औं अन्तर्राष्ट्रिय अपांगता दिवस २०७७ को उपलक्ष्यमा मंसीर १८ गते अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्रमा रु.१५ लाख रुपयाँको चेक हस्तान्तरण, ह्लचियर हस्तान्तरण तथा खाना र आर्ट किट वितरण गरिएको थियो ।  
कार्यक्रम गुडविल कम्युनिटी फाउण्डेशन–अमेरिका, रोटरी सामुदायिक संघ पिपलचौर, अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द«, रोट-याट् क्लब अफ काठमाडौँ विश्व विद्यालय मेडिकल साइन्स, किवानि इन्टरनेशनल काभ्रे, क्रियटिभ बचत तथा ऋण सहकारी संस्था तथा सि.एस.सि नेपालको समन्वयमा भएको थियो । उक्त  कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष रोटरीयन सुशिल कुमार श्रेष्ठले अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द« र धुलिखेल अस्पतालका ५० जना अपांगता भएका बाल बालिकाहरुलाई खाना र आर्ट किट वितरण गरिएको थियो । यसैगरी कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष रोटरीयन सुशिल कुमार श्रेष्ठ पुर्व अध्यक्ष रोटरीयन विष्णु सापकोटा, पुर्व अध्यक्ष तथा रोटरी सामाजिक परियोजनाको संयोजक रोटरीयन अशोक कुमार श्रेष्ठ, कृत्रिम खुट्टा विशेषज्ञ रोटरियन प्रल्हाद प्रसाद पराजुली, क्लब व्यवस्थापक रोटरियन मनिष योगल, यसैगरी किवानी इन्टरनेशनल काभ्रेका भुतपूर्व अध्यक्ष तथा रोटरियन रन्जिब श्रेष्ठ रोट¥याक्ट् क्लब अफ काठमाडौँ विश्व विद्यालय मेडिकल साइन्सका अध्यक्ष रोशनी प्रजापति तथा रोटरी सामुदायिक संघ पिपलचौरका अध्यक्ष सविना श्रेष्ठ र क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका सचिव सनी मानन्धर लगायतको उपस्थिति रहेको थियो ।