2026 April 23/ 10:17: 41am

शंखु/शंखु दाहालटार, बसेरी, गहते, तार्के, खाक्सी विपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नं. १२ र पनौती नगरपालिका वडा नं. १० मा जोड्ने शंखु खोलामा पुल बन्ने भएको छ । 
उक्त पुलको शिल्यान्यास बागमती प्रदेश सांसद् चन्द्र लामाले एक कार्यक्रमका विच शिल्यान्यास गर्नु भएको छ । पुलको शिल्यान्यास गर्दे सांसद् लामाले विकासका कामहरु दिनदिनै थपिदै गएको बताउनु भयो । जनताले हामीलाई विकास गर्न र नीति निर्माण बनाउन पाठाएकाले कतैतिर अलमलै नगरी विकासका कामलाई तिब्रता दिएको बताउनु भयो । हामी बोलेर भन्दा गरेर देखाउने भएकाले विकासका कामहरुमा तिब्र गतिले अगाडि बढेको तपाईहरुले नै देख्नु भएको लामाले स्थानियसँग उल्टै प्रश्न गर्नु भएको थियो । ८० वर्ष देखी पिच हुन नसकेको दाप्चाको बाटो पिच भएको, यहि सडक तिब्र गतिले बन्न लागेको, विद्यालयका भवन निर्माण सम्पन्न हुन लागेका, खानेपानी, सिंचाई जस्ता विकासका कामहरु भएका बताउनु भयो । लामाले निर्वाचनका समयमा बोलका र प्रतिबद्धता गरेका कामहरु समयमै सम्पन्न गर्ने र जनतालाई धोका नदिने बताउनु भयो । पुल शिल्यान्यास कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हर्क तामाङ, वडा सदस्यहरु, स्थानियबासी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा पुल निमार्णका वागमति सरकारबाट लागि रु १ करोड ८५ लाख २० हजार लागतमा  सम्पन्न हुने वताइको छ । उक्त पुलको लागी रकम सांसद चन्द्र लामाले बागमति सरकारबाट उपलब्ध गराएको बताउनु भएको थियो ।