2026 April 17/ 12:36: 40am

    नाला/मुटु दिवसकै अवसर पारी जी व झिगु नाला समूहले ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा गरेको छ । 
    पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरेको साइकलयात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नाला छाप, नाला गुम्बा हुँदै बजार परिक्रमा गरेको थियो । चण्डेश्वरी माविमा नालावासीले साइकल यात्रीलाई सगुन सहित स्वागत गरेका थिए । सहभागीहरुको स्वागतका लागि बनेपा वडा नं ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल र ४ का अध्यक्ष श्याम श्रेष्ठ सहभागि थिए । उग्रचण्डी भगवती मन्दिरमा आयोजित कार्यक्रममा संरक्षण ब्याण्डको प्रस्तुति रहेको थियो । सोही अवसरमा जी व झिगु नाला समूहका संयोजक ईश्वर अनामणि श्रेष्ठले साईकल यात्राबाट संकलित रकमबाट खरीद गरेको औषधि तथा फर्निचर नाला हेल्थ सेन्टर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । मुटु रोगबारे युवाहरुमा जनचेतना जगाउने र प्राचीन शहर नालालाई बढीभन्दा बढी जनसमुदायसम्म पु¥याउन पहिलो पटक साइकल यात्रा आयोजना गरिएको थियो ।