2026 April 23/ 10:16: 36am

    बल्थली/हरिबोधनी एकादशीको अवसर पारेर पनौती नगरपालिका– ११ बल्थलीमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल रेडक्रस बल्थली उपशाखाको आयोजनामा भएको कार्यक्रममा ३४ जना रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष होमप्रसाद पाठकको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य कुमार थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाका सभापति मुकुन्दप्रसाद अर्यालयको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लड्केश्वर युवा क्लब र जनकप्रसाद–शोभादेवी हुमागाईं प्रतिष्ठानले सहयोग गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाले आयोजना गरेको यो २१ औं पटकको रक्तदान कार्यक्रम भएको हो ।