बनेपा/एसओएस बालग्राम काभ्रेमा कृषि शिक्षा भवनको शिल्यान्यास गरिएको छ । बागमती प्रदेश सांसद् चन्द्र लामाले एक कार्यक्रमका बिच उक्त भवनको शिल्यान्यास गर्नु भएको हो ।
प्रदेश सभा सदस्य लामाले उत्पादनमुखी, प्रविधी मैत्री र रोजगारमुलक शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो । काभ्रे जिल्ला नै कृषिमा आत्मनिर्भर हुनका लागी कृषि प्रबिधि शिक्षाको आवश्यक रहेको सांसद् लामाले बताउनु भयो । भवन मात्रै भएर नपुग्ने बताउँदै लामाले गुणस्तरीय र प्रविधिी मैत्री शिक्षा दिनुपर्ने, विद्यार्थीहरुको योग्यता र क्षमताका आधारमा अध्यापन गराउनुपर्ने बताउनु भयो । बागमती प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, सडकमा विशेष प्राथमिकता राख्दै बजेट विनियोजित गरेको लामाले बताउनु भयो । आफुले निर्वाचनमा गरेका प्रतिबद्धताहरु केहि पूरा गरेको र बाँकी विस्तारै पूरा गर्ने प्रतिबद्धता उहाँले दोहो¥याउनु भए ।
कोरोना कहरमा समेत विकास निर्माणका कामहरु तीब्र गतिमा अगाडि बढेको बताउदै सांसद् संघ प्रदेश र स्थानीय तीनवटै सरकार मिली विकासका काम लगायत जनताका आवश्यकताहरु पूरा गर्र्दै जाने लामाले बताउनु भयो । कार्यक्रमका विशेष अतिथी तथा पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुलाई आवश्यकता र विद्यार्थीहरुको मागका आधारमा कक्षा र विषय सञ्चालन अनुमती दिएको बताउनु भयो । नगरको योजना अनुसार ९ देखी १२ सम्म कृषि, भेटेरीनरी, आईटि र सिए लगाएतका विषयहरु अध्यापन गर्न अनुमति दिई समृद्ध, ब्यबस्थित र रोजगार मुलक शिक्षा प्रदान गर्न लागिएको बताउनु भयो । नगरपालिकाको नमुनाको रुपमा रहेको एसओएस बालग्राममा नगरले ४० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको न्यौपानेले बताउनु भयो । नगरले दिगो विकासका लागी क्षेत्रीय रंगशाला, पनौती करिडोर, खानेपानी र नमोबुद्ध लुभु सडक निर्माण अन्तिम चरणमा पुगेको बताउनु भयो ।
कार्यक्रममा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरी शर्माले विद्यालयमा विपन्न समुदायका बालबालिका तथा युवाहरुलाई आत्मनिर्भर बनाउने योजना अन्र्तगत उक्त विषयको अध्यापन गराउन लागेको बताउनु भयो । शैक्षिक सत्र ०७८÷७९ बाट कक्षा ९ देखी १२ सम्म करिब २ सय जना विद्यार्थीहरुका लागी कृषि पशुपालन र खेती सबन्धिका विषयहरु अध्यापन गराउन लागेको शर्माले बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले बन्न लागेको कृषि शिक्षा भवन २ करोड लागतमा निर्माण हुने बताउनु भयो । उक्त भवन बागमती प्रदेश, पनौती नगरपालिका र विद्यालयको साझेदारीमा निमार्ण गर्न लागिएको आर्चायले बताउनु भयो । विद्यालयमा नर्सरी देखी कक्षा १२ सम्म ६ सय ८५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने शैक्षिक सत्र ०७८÷७९ बाट कक्षा ९ देखी कृषि विषय थप गरी अध्यापन गराउन लागेको कार्यक्रममा जानकारी दिनुभयो । कोरोनाका बिचमा समेत बैकल्पीक माध्यमबाट विद्यालयको पठनपाठनलई निरन्तरता दिईरहेको समेत आचार्यले बताउनु भयो ।
कार्यक्रम एसओएस हर्मन माईनर विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र आम्गाईको सभापतित्वमा र सह–प्राचार्य उमेश हुमागाईको सञ्चालनमा सम्पन्न भएको थियो । आम्गाईले एसओएस बालग्रामले पारिवारीक वातावरणमा बालबालिकाहरुलाई संरक्षण र शिक्षा प्रदान गरिरहेको बताउनु भयो ।





