2026 April 23/ 08:26: 28am

धनेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २० साधारण सभा सम्पन्न भएको छ । संस्था लि.का अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेकोले मंसिर ३ गते पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा संस्था लि.का सचिव श्यामकुमार भालुले आ.व. २०७६।०७७ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष उमेशरत्न शाक्यले आर्थिक प्रतिवेदन तथा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुरेशभक्त भोछिभोयाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप मंसिर ३ गतेबाट सुरु भई ५ गते सम्पन्न भएको थियो ।